Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पशु बिमातर्फ आकर्षण, उत्पादन पनि बढ्यो

Published on 9:12:00 PM //

घनश्याम गौतम
व्यवसायीक तर्फ उन्मुख भएपछि गुल्मीका किसानहरू गाई भैसीको जीवन विमामा आर्कषित भएका छन् । पशु जीवन विमासंगै गाउ“मा दुग्ध व्यवसाय गर्नेहरूको लहर शुरू भएको छ ।
आफ्नै जीवन बिमा नगरेका जैसीथोक, गौडाकोट, दिगाम, हर्दिनेटा, थानपति, बलेटक्सार लगायतका गाविसका किसानले गोठमा रहेका गाई भैसीको जीवन विमा गरिदिएका छन् । जिल्ला पुश सेवा कार्यालयको पशु विमा साझेदारी कार्यक्रम अर्न्तगत देविस्थान दुग्ध उत्पादक सहकारी संस्थाले गाउँका झण्डै १ सय गाई भैसीको जीवन विमा गरेको छ ।
त्यस्तै गौडाकोटको नवदुर्गा कृषि सहकारी संस्थाले पनि ११ गाई भैसीको बिमा गरेको संयोजक पशुपती पाण्डेले बताए । जिल्लाका पशुहरूको बिमाका लागि पशु सेवा कार्यालयले एसियाली विकास बैंकको सहयोग लिएको छ ।

जिल्ला पशु सेवा कार्यालयका प्रमुख तुलसी भण्डारीका अनुसार जिल्लाका दुई दर्जन भन्दा बढी गाविसमा व्यवसायीक दुध उत्पादनका लागि बाहिरी जिल्लाबाट झण्डै ५ सय उन्नत गाई भित्रिएका छन् । नवलपरासी, रूपन्देही, काभ्रे, भक्तपुरसम्म पुगेर गाई ल्याउँदा एउटा गाईको मुल्य ४० देखि ७० हजारसम्म पर्ने गरेकाले पनि किसानहरू गाई भैसीको बिमा तर्फ बढी आर्कषित हुँदै गएको भण्डारीले बताए ।
व्यक्तिको बिमा गरेर के हुन्छ भन्नेमा किसान पुगेका छन् ।, प्रमुख भण्डारीले भने, गाई भैसीको बिमाले दैनिक आम्दानी हुन थालेपछि किसान आर्कषित बन्दै गएका छन् ।’ बिमा योजनाका लागि किसानहरूले आफ्नो गाउँको आवश्यकता अनुसार विनियम बनाएर कार्यान्वयन गर्ने गरेका छन् ।
मान्छेको बिमा गर्नुपर्छ भन्ने थाहा नभएकी जैसीथोक गाविस-७ की सरिता पोखरेलले गाईको बिमा गरेकी छन् । मान्छेको बिमाले के दिन्छ र -’, पोखरेलले भनिन, दैनिक पैसा दिने गाईको बिमा गरेपछि मरेपनि घाटा नहुने रहेछ ।’ गाईको बिमा गरेपछि आफु ढुक्क भएको पोखरेलले बताईन ।
पोखरेल जस्तै गौडाकोट गाविस-३ की कालीकला नेपालीले पनि गोठमा भएको १६ हजार मुल्यको भैसीको बिमा गरेकी छन् । उनले बिमाका लागि बाषिर्क १ हजार ६ सय बुझाएको बताईन ।
समितिले गाई भैसीको मुल्याङ्कन गरेर त्यसको १० प्रतिशत बिमा प्रिमियम तिर्नु पर्ने नियम गराउने गरेका छन् । देविस्थान दुग्ध उत्पादक सहकारी संस्थाका सचिव विष्णु पोखरेलका अनुसार विमा गरेपछि गाउँमा उन्नत गाई पाल्ने कृषकहरूको संख्या बढेको छ । शुरूमा ६९ गाई भैसीको बिमा गरेको सहकारीमा अहिले झण्डै १ सय पशुको बिमा भैसकेको छ ।
गौडाकोटको सहकारी संस्थाका बिमा समिति संयोजक पाण्डेका अनुसार अनुसार गाउँ भरी पशु विमामा माग बढेको छ । समितिले पशु विमा गर्ने नियमावली छुट्टै बनाएको छ ।
शुरूमा गोठमा पुगेर पशुको मुल्याङ्कन गरिन्छ र समितिले गरेको मुल्याङ्कनका आधारमा वाषिर्क १० प्रतिशतका दरले किसानले प्रिमियम तिर्ने गर्दछ । मुल्याङ्कन गरेको पशु अनुत्पादक भएमा मुल्याङ्कनको ५० प्रतिशत र उत्पादनशील पशुको मृत्यु नै भएमा ८० प्रतिशत क्षतिपूर्ति समितिले उपलब्ध गराउने गरेको छ ।
पशु विमाका लागि जिल्ला पशु सेवा कार्यालयले बिमा कोष स्थापनाका लागि ५० हजार अनुदान उपलब्ध गराउने गरेको छ । कोषमा किसानहरूबाट प्रिमियम बापत जम्मा भएको रकम समेत संकलन गर्दै कोष बृद्धि गर्दै लैजाने पशु सेवा कार्यालयका भण्डारीले बताए ।
भण्डारीका अनुसार व्यवसायीक दुग्ध उत्पादन शुरू गरेका गाविसहरूमा बाहेक अन्य गाउँहरूमा समेत गाई भैसीको बिमा योजना बढ्दै गएको छ । जिल्लाभरमा ४ सय भन्दा बढी पशुको बिमा भैसकेको छ ।
जिल्लामा बिमासंगै दुध उत्पादनका लागि उन्नत गाईहरू भित्रिएपछि दैनिक १ हजार लिटर भन्दा बढी दुध उत्पादन हुन थालेको छ । जिल्लामा खपत हुन नसकेको दुध सुजल डेरी पोखराले खरिद गर्ने गरेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग