Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माओवादी कार्यकर्ता अपहरित

Published on 4:30:00 PM //

सांस्कृतिक कार्यक्रममा आक्रमण गरेको भन्दै राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले माओवादी कार्यकर्तालाई शुक्रबार साँझ अपहरण गरेका छन् ।

बाग्लुङको बाटाकाचौर, हुग्दीशिरलगायत गाविसबाट आएका जनमोर्चा कार्यकर्ताले गुल्मीको विशुखर्क १ का माओवादी कार्यकर्ता डिलाराम गौतमलाई धौलादिपबाट अपहरण गरेका हुन् । विशुखर्कको सनसाइन युवा क्लबले बिहीबार गरेको भलिबल प्रतियोगितामा माओवादी र जनमोर्चाका कार्यकर्ताबीच विवाद थियो ।


विवादमा माओवादी कार्यकर्ताको कुटाइबाट जनमोर्चाका नरबहादुर विक र ईश्वरी पौडेल घाइते भएका थिए । कार्यकर्ता कुटिएको विरोधमा प्रतिकार गर्न आएका जनमोर्चा कार्यकर्ताले वार्ताका लागि स्थानीय माओवादी कार्यकर्तालाई शान्तिपुरमा बोलाएका थिए । माओवादी कार्यकर्ता नवीनले वार्ताका लागि शान्तिपुरमा नआउने तर शान्तिपुर घेरा हालेर भए पनि आपmना कार्यकर्ता छुटाउने धम्की फोनबाट दिएपछि घेरा हाल्न बाग्लुङ नै आउनु भन्दै गौतमलाई लिएर गएको स्थानीय बासिन्दाले बताए । जनमोर्चा कार्यकर्ताले गौतमलाई जिपमा राखेर बाग्लुङतर्फ लगेका हुन् ।

आपmना कार्यकर्ता छुटाउन माओवादीका सचिवालय सदस्य युवराज केसी शुक्रबार राति नै शान्तिपुरतर्फ लागेका छन् । राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य

रहेका अपहरित गौतम १५ दिनअघि माओवादीमा प्रवेश गरेका थिए ।
कान्तिपुर दैनिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग