Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुधारिएको चुलो तथा ब्यूटिसियन तालिम

Published on 4:12:00 PM //

जिल्ला खेलकुद विकास समिति युवा सुचना केन्द्रको सहयोग तथा लुम्बिनी ग्रामिण विकास परियोजनाको आयोजनामा हर्दिनेटा गाविसको लुम्छामा पाँच दिने सुधारिएको चुलो प्रवर्दकहरूको तालिम सम्पन्न भएको छ ।
वातावरण संरक्षण र प्रकोप न्यूनिकरणका लागि समितिले तालिम संचालन गरेको हो । तालिममा हर्दिनेटा, पल्लीकोट, खर्ज्याङ्ग गाविसका १४ जनाको सहभागिता रहेको थियो । तालिममा चुलो बनाउने तरिका, यसका फाइदा, प्रयोग गर्ने तरिका लगायतका बारेमा जानकारी प्रदान गरिएको थियो ।
त्यस्तै समितिकै सहयोग र सामाजिक तथा बौद्धिक परिषदको आयोजनामा दुई महिने ब्यूटिसिएन तालिम पनि सम्पन्न भएको छ । ३५ जना युवतीहरू सहभागी भएको तालिममा सौर्न्दर्य कलाका बारेमा प्रशिक्षण दिईएको परिषदले जनाएको छ ।

नयाँभावना दैनिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग