Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रूखको हाँगाले च्यापेर मृत्यु

Published on 5:11:00 PM //

डोजरले मोटरबाटो खनेको हेर्न गएका एक बृद्धको तम्घासमा रूखले च्यापिएर सोमबार ज्यान गएको छ ।
तम्घास-७ का ६८ बषिर्य उमानाथ न्यौपानेको आफ्नै बारीमा डोजरले बाटो खनेको हेर्ने क्रममा ढलेको रूखको हाँगाले च्यापेर ज्यान गएको प्रहरीले जनाएको छ । तम्घासको पुतलीबजार हुँदै उपल्लो तम्घास जोड्न डोजरले सडक निर्माण गरिरहेको थियो । आफ्नो बारीमा धेरै क्षतिपुग्ने चिन्ताले हेर्न बारीमै पुगेका बृद्धको रूखको हाँगाले च्यापेपछि घटनास्थमै ज्यान गएको थियो । जिल्ला अस्पतालमा पोष्टमार्टम पछि उनको शव आफन्तले बुझेका छन् । मृतकको परिवारलाइ क्षतीपुर्ती स्वरुप डोजर सचालकले २ लाख ५० हजार मोटरबाटो उपभोक्त समितीले ५० हजार गरी जम्मा ३ लाख दिने भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग