Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वाइसीएल उपत्यका इञ्चार्जकी पत्‍नी र छोरासहित सात घाइते

Published on 2:27:00 PM //

गुल्मी जिल्ला सदरमुकाम तम्घासबाट अर्खावा गाविसतर्फ जाँदै गरेको एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा सभासदसमेत रहेका वाइसीएल उपत्यका इञ्चार्ज चन्द्रबहादुर थापा 'सागर' की पत्‍नी र छोरासहित सात जना घाइते भएका छन्।

लु१ज १२९८ नम्बरको यात्रुवाहक जिप गएराति गुल्मीको अमरपुर गाविसमा दुर्घटना भएको हो।

राससका अनुसार घाइते हुनेहरुमा गुल्मी क्षेत्र नम्बर ३ का सभासद् चन्द्रबहादुर थापा 'सागर'की पत्‍नी कल्पना थापा, छोरा हिमाललगायत सातजना रहेका छन्।

घाइतेहरु कल्पना थापा, हरिमाया विश्वकर्मा र चालक उत्तम पन्थीको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ भने अन्य सामान्य उपचारपछि घर फर्केका छन्।

सभासद् पत्नी थापालाई भने थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको अस्पतालले जनाएको छ। पानी परेको र सडक कच्ची भएका कारण उकालोमा 'ब्रेक फेल' भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ। घाइतेहरुको टाउको र शरीरका अन्य भागमा चोट लागेको छ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग