Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भारतीय रुपैयाँ साट्नेहरुको बिगबिगी

Published on 6:11:00 PM //

शिवलाल सुबेदी

गुल्मी भारतीय पैसा सटही गर्नेहहरुको यतीबेला गुल्मी जिल्लाको सदरमुकाम लगायत आसपासका क्षेत्रहरुमा निकै नै बिगबिगी बढेको छ ।

एकलाख भारतीय रुपैयाँ सटही गर्दा एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्म कमिसन पाइने भएकाले पनि भारतीय पैसा सटही गर्नेहरुको बिगबिगी बढेको हो । यसरी भारतीय पैसा सटही गर्नका लागि जिल्लाको सदरमुकाम लगायत आसपासका क्षेत्रमा भारतीय मानिसहरु र नेपाली मानिसहरु झोलामा नेपाली पैसा बोकेर भारतीय पैसा सटही गर्नका लागि प्रत्येक पसल र गाउँगाउँमा पुग्ने गरेका छन् ।

गुल्मी जिल्लाको सदरमुकामको नजिक रहेको अर्घाखाँची जिल्लाको मरेङ गाविसमा ब्यापार गर्दै आएका ब्यापारी कमल पोखरेल भन्छन् "भारतीय पैसा सटही गर्नका लागि आफूलाई भारतीय ब्यक्ति बताउँदै एक वर्षसम्म नेपालमा आएर काम गरेर साहुँले काम गरे वापत नेपाली पैसा दिएकाले भारतीय पैसा साटेर घरमा जानु परेकाले पैसा साट्न हिँडेको भन्दै आफूसँग भएको भारतीय पैसा साटेर लगेको छन् ।" यसरी यस्ता ब्यक्तिहरुले गाउँका सबै पसलहरुमा पाँच हजार दश हजार गरी भारतीय पैसा साट्दै हिँड्ने गरेको त्यस आसपासका क्षेत्रका ब्यापारीहरु बताउँछन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग