Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हुलाकप्रतिको आकर्षण घट्दा

Published on 11:29:00 PM //

बिनिता ढकाल
आधुनिक साचारका साधनको विकासँगसँगै संचारको पुरानो साधन हुलाकको आकर्षण घट्दै गएको छ । सरल रुपमा संचारका अन्य सुविधाहरु इमेल इन्टरनेट फ्याक्स मोबाइललगायतको सुविधा पाएपछि हुलाक सेवाप्रति मानिसहरुको आकर्षण घट्दै गएको हो ।

मोबाइल टेलिफोनबाट तथा इमेल इन्टरनेट फ्याक्सबाट छिटो छरितो रुपमा सेवा प्राप्त हुँदा पनि मानिसहरु हुलाक सेवाप्रति मानिसहरुको ध्यान घट्दै गएको सर्वसाधारणहरु बताउँछन । हुलाकको तुलनामा फोन तथा इमेल सुरक्षित तथा भरपर्दो हुँदा पनि मानिसहरु हुलाकको प्रयोग कम गर्ने गरेको जानकीनगर रुपन्देही निवासी अन्जना घिमिरे बताउँछिन ।

मोबाइलबाट मिनेट भरमै खबर पुर्याउन सकिन्छ तर हुलाकमा चिठी पठाउँदा लामो समयसम्म कुर्नुपर्ने तथा झन्झट पनि हुने हुँदा हुलाकको प्रयोग घट्दै गएको हो ।



पहिलेको तुलनामा व्यक्तिगत चिट्ठीपत्र घटेपनि सरकारी तथा अफिसियल कार्यका लागि हुलाक भरपर्दो माध्यम भएको बुटवलका हुलाक अधिकृत नारायण पन्थी बताउछन । उनले कुरियर फ्याक्सको सुविधा नपुगेका ग्रामीण क्षेत्रमा हुलाकको प्रयोग गरेपनि अन्य क्षेत्रमा हुलाकप्रति आकर्षण घटेको पनि स्विकारे ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग