Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

संघियता, जातिवाद र नेपाल

Published on 10:18:00 AM //

@शालिकराम पन्थ (कान्छो)




संघियता र जातिवादको कुन युगमा  जादैछौ तिमी आज । 
सोच्यौं एकपल्ट अनि देखाऊ एउटै राष्ट्रियता संसार माझ ।। 
म नेपाली नै हो हैन नेवा, कोचिला र थारुवान । 
तिमी जे चाहे भन मलाई म हैन किरात अनि लिम्बुवान ।। 


मलाई थाहा छ जन्मे त्यतिबेला मेरो देश नेपाल थियो । 



म हुर्के बढें अनि पढें त्यो देश पनि नेपाल नै थियो ।। 
आज एक्काइसौं शताब्दीको मानव म कसरी ''नेपालीबाट" भोजपुरी भए ?
कसरी अवध, तमुवान ताम्सालीङ्ग र मिथिला भए ?


मधेश अलग भयो रे काठमाण्डौं अब राजधानी रहेन भन्छन् । 
नदि नाला र सिमा क्षेत्र भारत र चिनले मेरो भन्छन् । 
बुद्धको जन्मस्थल पनि आज भारतले मेरो हो भन्छ । 
सगरमाथा र कञ्चनजङ्घा भोली चिनले मेरो हो भन्छ ।।

कहिले उठ्छौं तिमी मेरो हो भन्न तिम्रो आफ्नो नेपाललाई ? 



उठ् जाग अनि भगाऊ ति संघियताका पहरेदारहरुलाई ।। 
सेती कर्णाली र भेरी कर्णाली किन भन्छौं मेरो देश हो नेपाल । 
बुद्ध जानकी अनि म र तिमी जन्मेको हाम्रो देश हो नेपाल ।।





दिगाम ०६ गुल्मी
हाल : अबुधाबी  यू. ए. ई.



0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग