Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मोटरबाटो निर्माण सम्पन्न

Published on 11:25:00 PM //

सुशिल चन्द्र पराजुली / बुटवल
गुल्मी जिल्लाको अर्जे गाविसमा पर्ने पौवा देखि बाँसखोला सम्म जोड्ने मोटरबाटो खन्ने काम सम्पन्न भएको छ । बाटो सम्पन्न भएपछि यहाँका स्थानिय बासिन्दाहरूलाई आवत जावत गर्नमा सजिलो भएको छ ।
उक्त बाटो सम्पन्न गर्नको लागी जि.वि.स. को १ लाख, गाविसको ५० हजार र स्थानिय बासिन्दाबाट करिब ३० हजार गरि जम्मा १ लाख ८० हजारको लागतमा सो बाटो सम्पन्न भएको हो । यो बाटो सम्पन्न भएपछि यहाँ निवासी स्थानिय बासिन्दाहरूलाई धेरै सजिलो भएको छ । आफ्नो घर आगनसम्म मोटरबाटो आएको र आफ्नो घर हुँदै गाडी हिड्ने गर्दा स्थानिय बासी नेत्र अधिकारी लागयत सम्पूर्णमा खुसि छाएको छ । यसै गरि सम्पुर्ण क्षेत्रमा मोटरबाटो पुग्ने हो भने देशको विकास अग्रगतिमा पुग्ने थियो । यसमा सबैले आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग पुर्‍याउनु पर्ने देखिन्छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग