Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाडेको सिनो निकालेर खाए दलितले

Published on 4:10:00 AM //

आधुनिक युगको सुरुवातसँगै अधिकाँंश दलित समुदायले गलत संस्कार त्याग्दै आएको भनिएपनि गुल्मीका गाउँगाउँमा भने कतिपय दलितले त्यस्तो गलत संस्कार अझै त्याग्न सकेका छैनन् ।
गणतन्त्र स्थापना दिवस मनाइरहँदा गुल्मीको भनभनेमा मरेर गाडिएको राँगो त्यहाँका दलितहरूले निकालेर खाएका छन् ।
गत जेठ १३ गते राति चट्याङ लागेर मरेपछि गाडिएको भनभने ५ स्थित विष्णु कुवँरको राँगो स्थानीय भनभने-९ निवासी तेजबहादुर बिक, धनबहादुर बिक, देवी बिकलगायतका दलितहरूले निकालेर खाएको स्थानीय बासिन्दाले बताएका छन् ।
मरेको दुई दिनदेखि माटोमा गाडिएको सिनोलाई त्यसरी लगेर मासु खाँदा अनेक रोग लाग्ने र गाँउ नै दुर्गन्धित हुने भएकाले त्यस्तो संस्कार अन्त्य गराउन सम्बन्धितलाई प्रशासनिक निकायले कारवाही गर्नुपर्ने स्थानीय राजन पन्थीले बताए ।

1 comment

  1. yesta lai pani k dalit bhannu? dalit haru lai kasaile pachhi pareko hoina ye ta aafai pachhi pareka hun,jasto lagyo kasto dukha lagdo news.

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग