Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कुवेतका नेपालीद्वारा सहयोग

Published on 1:27:00 PM //

कुवेतको अलमीर कंपनीमा बिगत १० बर्ष देखि कार्यरत एक नेपालीको कामकै शिलसिलामा मृत्‍यु भएपछी उनको परिवारको लागि संकलित सहयोग रकम नेपाल पठाईएको छ । गुल्मी जिल्ला बिरबास ९ जेमीका ३१ बर्षिय याम बहादुर रेशमीको ०३ फेब्रुवारी २०१० मा कुवेतमा निधन भएको थियो । कम्पनीको एग्रीमेंट अनुसार कम्पनीबाट पाउनु पर्ने कुनै रकम नभएको प्रमाणित भएपछि, मृतकको शब नेपाल पठाउनको लागि र नेपालमा मृतक परिवारको सहयोगको लागि कुवेत स्थित नयाँ नेपाल क्लब को संयोजकत्वमा चंदा संकलन समिति गठन गरि कुवेतमा कार्यरत नेपालीहरुबाट सहयोग रकम संकलन गरिएको थियो । नयाँ नेपाल क्लब कुवेतको सक्रियतामा मृतक याम बहादुर रेशमी मगर को नाममा नेपाली रु ८ लाख ११ हजार ९०४ (८,११,९०४) संकलन गरेको थियो । कुवेतमा चंदा संकलनको यो पहिलो रेकर्ड भएको क्लबले दाबी गरेको छ । मृतक याम बहादुर रेशमीको नेपालमा ३ छोरी र श्रीमती छन । क्लब संकलित रकम मृतक मगरका तिनै जना छोरीहरु र श्रीमतीको नाममा बराबर जम्मा गरिदिएको छ । जसनुरुप एकजनाको बैँक खातामा रु २ लाख २ हजार ९ सय ७६ जम्मा हुन आएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग