Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युरोप देखी गाडी चलाएरै गुल्मी सम्म

Published on 8:56:00 PM //

जनार्दन घिमिरे

गुल्मी १३ जेठ । भनिन्छ काम शुरु गर्नु पहिले मानिसमा आँट र आत्म विश्वास चाहिन्छ । जव त्यो आँट र विश्वास भयो भने महिलाहरु पनि पुरुष भन्दा वढी साहशी हुन सक्छन भन्ने गतिलो उदाहरण देखाई दिएकी छन् एक जना विदेशी महिलाले । उनले आफ्नै एमर्चडन गाडि आफु एक्लैले स्वयं गाडि चलाएर पन्ध्र देशको भ्रमण गरिन् भन्ने सुन्दा झट्टै पत्याउन गाह्रो पर्ला । तर नेदरल्याण्डकि एक महिलाले एक्लै गाडि चलाएर गुल्मी आई पुगेकि छन् । गत नौं महिना अघि नेदरल्याण्डवाट आफ्नो यात्रा शुरु गरेकि ३५ वर्षीय अजलीकभम लेवन वेल्जीयम, जर्मनी, चेकरिपव्लीक, हंगेरि, युक्रेन, रसिया,काजकिस्थान, चिन, पाकिस्थान, भारत आदि देशको यात्रा गर्दै गत पाँच दिन अघि नेपाल प्रवेश गरेकि हुन् । उनले गुल्मीमा आईपुगेपछि संचारकर्मिहरुसँग आफु सम्पन्नशाली व्यक्ति भएर यसरी देश भ्रमणमा निस्केको नभई आफुले विभिन्न देशमा घुमेर त्यस देशका ग्रामिण क्षेत्रका संस्कृतिको वारेमा अवलोकन गर्न यात्राको शुरुवात गरेको वताईन् ।

नेदरल्याण्डमा रँहदा टी एम सी कम्पनिमा मार्केटिङ म्यानेजर पदमा कार्यरत लेवन आफुले जागिर गर्दा वचाएर जम्मा गरि राखेको रुँपैंयाले यात्राको शुरु गरेको वताईन् । पश्चिमी संस्कृति भन्दा नेपालको संस्कृति निकै राम्रो लाग्यो म पर्यटकिय ठाउँमा जान रुचाउँदैन त्यसैले गाउँमा नै गाडी राखेर वस्ने गर्छु गाउँलेहरु निकै दयालु हुँदा रहेछन् मलाई गाउँमा वस्दा उनीहरुले निकै माया गर्छन् यसरी उनीहरुसँग घुलमील हुँदा उनीहरुको संस्कृतिको वारेमा मलाई जानकारी हुन्छ साथै मलाई त्यहाँको थोरै भएपनि भाषा सिक्न सजिलो हुन्छु उनले भनिन् ।

उनी नेदरल्याण्डवाट तीन महिनामानै भारत आई पुगेको र त्यहाँ आफुले छ महिना विताएको भन्दै यतिवेला दुई महिना उनले नेपाल भित्र भ्रमण गर्ने वताईन् । उनीले आफुले यात्रा गरेका देशहरु मध्य नेपाल निकै रमाईलो लागेको बताइन । साथै उनले नेपालीहरु निकै सहयोगि भएको समेत वताईन । उनको गाडिमा पकाउने खाने सुत्ने सवै व्यवस्था गाडि भित्रनै रहेको छ । यसो गर्दा यात्राको खर्च निकै सस्तो पर्ने उनी वताउँछिन् । उनी सँग उनको कुनै पनि साथी छैन । एक्लै यात्रा गर्दा कुनै डर लाग्दैन भन्ने संचार कर्मिहरुको जिज्ञासामा उनी भन्छिन मान्छेको मन हो डर भन्ने तर मेरो मनमा त्यस्तो डर लाग्दैन महिलाहरुलाई जताततै कमजोर मानिन्छ तर महिलाहरु पनि निडर हुन्छन् साहसि हुन्छन् भन्ने उदाहरण देखाउनकालागि पनि यो वाटो रोजेकि हुँ वाटोमा केही समस्या पर्यो भने सहयोग गर्ने मानिसहरु भेटिने रहेछन् ।

उनी यतिवेला सदरमुकाम तम्घासको वजार क्षेत्र भन्दा केही माथि रहेको आशा अपाङ्ग केन्द्रको कार्यालय नजिकै वस्ने गरेकि छन् । दिनभर गाउँका मानिसहरुसँग घुलमेल गर्ने र वेलुकि गाडि भित्रै वसेर रात काट्ने उनको वानी देखेर त्यस क्षेत्रका मानिसहरु पनि यतिवेला दंग परेका छन् । एउटी महिला सात समुन्द्रपारीवाट आफै एक्लै गाडि चलाएर गुल्मीसम्म आई पुग्नु र एक्लै गाडिभित्रै वसेर आफै खाना पकाएर खानु र एक्लै रात विताउन सक्नुले पनि महिलाहरुमा त्यसरी आँट र शाहस हुँन सक्दो रहेछ भन्ने गतिलो उदाहरण देखाईदिएकि छन् लेवनले ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग