Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गरिवीका कारण दलित महिलाद्वारा आत्महत्या

Published on 12:41:00 PM //

चरम गरिवीका कारण गुल्मीमा एक महिलाले आत्महत्या गरेकी छिन । आत्महत्या गर्नेमा गुल्मीको पौदीअमराइ गाविस ८ निवासी तीन सन्तानकी आमा २३ बर्षिय कुसुम विश्वकर्मा हुन । उनी गत सोमाबार घर नजिकैको रुखमा आफ्नै पटुकीको पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

उनी सोमवार विहान आफनो आठ महिनाको छोरालाई दुधु खुवाएर शौचालय जान्छु भन्दै घरबाट बाहिरीएकी थिइन । तीन छोरा सहित छ जनाको परिवार रहेको विश्वकर्माको परिवार बाह्रै महिना मजदुरी गरेर जीविकोपार्जन गर्दै आइरहेको स्थानीय डम्मर नेपालीले बताएका छन । सम्पत्तिका नाममा आधा रोपनी मात्र बारी रहेको र त्यस बारीमा वर्षदिनका पैतीस पाथी भन्दा बढी उब्जनी नहुने भएका कारण उनका परिवार बाह्रै महिना अनिकालको सामना व्योहोर्नुपरेको बताइएको छ ।

त्यसमा पनि गत बर्ष साउनको दोस्रो हप्तामा आएको हविरल वर्षाका कारण गएको पहिरोले सिङ्गो गाउँ सहित उक्त परिवार समेत विस्थापित बनेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक पदमप्रसाद सुवेदीका अनुसार मृतकको शरीरमा कुनै चोट नदेखिएको बताउदै आत्महत्याको कारण गरिवी पनि हुन सक्ने आशंका व्यक्त गर्नु भयो । उनका श्रीमान गंगाराम विश्वकर्माले पनि आफूहरु दुवैजना अरुको निवेक गरेर परिवारको गुजारा गर्दै आइरहेको बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग