Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्नातक तह उत्तिर्ण गर्ने विद्यार्थिलाई सम्मान

Published on 3:34:00 AM //

कमल पौडेल, खर्बाङ
रुद्रावति वहुमुखि क्याम्पस वामिटक्सार गुल्मीको आयोजनामा यस वर्ष स्नातक तह उत्तिर्ण गर्ने विद्यार्थिलाई सम्मान गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्वन्धन प्राप्त यस सामुदायीक क्याम्पसमा पहिलो पटकमै ९० प्रतिशत विद्यार्थि उत्तिर्ण भएका छन् । स्नतक तह तेस्रो वर्षमा २९ जना विद्यार्थि मध्ये २५ जना उत्तिर्ण भएका हुन् जस मध्ये ४ जना प्रथम श्रेणी तथा २१ जना द्धितिय श्रेणीमा उत्तिर्ण भएका छन् । प्रथम श्रेणीमा उत्तिर्ण हुनेमा सरोजराज वौद्धचार्य नेपाली यदुमणी खरेल नेपाली माया खरेल अर्थशास्त्र तथा होमनाथ घिमिरे अर्थशास्त्र रहेका छन् । सो सम्मान कार्यक्रममा क्याम्पस प्रमुख हिरामणी अर्यालले विद्यार्थि प्रध्यापक तथा साचालक समितिको त्रिकोणत्मक सम्वन्धको कारण सुखद् प्रतिफल आउन सकेको भन्दै सवैप्रति आभार व्यक्तगर्दै राम्रो काम गर्नेलाई सम्मान गर्न सक्नुपर्ने औल्याउनुभएको थियो ।

कार्यक्रममा सम्मानीत विद्यार्थिहरुलाई क्यम्पसको तर्फबाट मायाको चिनो -मेडल प्रदान गरियको थियो । उक्त मेडल आफ्ना स्वर्गिय वुवा मोतीलाल सापकोटाको स्मृतिमा कृष्ण प्रसाद सापकोटाले सौजन्य गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थि सरोजराज वौद्धचार्य स्ववियू सभापति झविलाल भण्डारी सहायक क्याम्पस प्रमुख रामु तिवारी चन्द्रकोट वहुमुखि क्याम्पसका सह प्राध्यापक श्यामलाल गौतम क्याम्पस साचालक समितिका उपाध्यक्ष महेस वहादुर जि।सि। क्याम्पस प्रमुख हिरामणी अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम क्याम्पस साचालक समितिका अध्यक्ष कृष्णहरी सापकोटाको अध्यक्षता र सहायक प्रध्यापक वुद्धिप्रसाद शर्माको साचालनमा सम्पन्न भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग