Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सरुवा रोगका बिरामी बढे

Published on 11:34:00 AM //

सातादेखि जिल्ला अस्पताल तम्घासमा सरुवा रोगका बिरामी बढेका छन् । बढ्दो गर्मी, दूषित पानी र मौषम परिवर्तनका कारण ज्वरो, रुघाखोकी, टाइफाइड, झाडापखालालगायत रोगका बिरामी बढेका हुन् ।

जिल्ला अस्पताल तम्घासका डाक्टर भेषराज पोखरेलका अनुसार पछिल्लो साता यता झन्डै दैनिक सयभन्दा बढी संख्यामा बिरामी बढेका छन् । साता अघिसम्म अस्पतालमा झन्डै दैनिक ४०/५० जनासम्म बिरामी उपचारका लागि आउने गर्थे । अस्पतालको नाम दर्ता शाखाको रेकर्डअनुसार यो साता उपचारका लागि आउनेहरूको संख्या २ सयभन्दा बढी रहेको छ ।

कान्तिपुर दैनिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग