Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उच्च मावि चलाउन धार्मिक कार्यक्रम

Published on 4:25:00 PM //

आफ्नै गाउँमा उच्च माध्यमिक विद्यालयको स्थापना गर्ने उद्देश्यले दिब्रुङ ५ सराङ मैदानमा रहेको शारदा माध्यमिक विद्यालयमा २ दिने पूजापाठ तथा धार्मिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा पहिलो दिन ३० लाखभन्दा बढी रकम संकलन भएको र दोस्रो दिन १५ लाख गरी करिब ४५ लाख रकम संकलन भएको छ । एकलाखभन्दा बढी दान गर्नेहरुमा रुपन्देही ५ मणिग्राम निवासी प्रेम देवकोटाले २ लाख ११ हजार १ सय ११ रुपैंयाँ, गुल्मी जिल्ला विशुखर्क ९ हाल आनन्दवन रुपन्देही बस्ने सिताराम सापकोटाले १ लाख ११ हजार १ सय ११ रुपैंयाँ, दिब्रुङ घर भई रुपन्देहीमै बस्दै आउनुभएका घनश्याम खरेलले १ लाख ५ हजार दान गर्नुभएको थियो भने अन्य दान गर्नेहरुमा स्थानीयवासी छिमेकी गाविसका ब्याक्तिहरु रहेका छन् । दानबाट उठेको रकमबाट छिट्टै उच्च माबी संचालन गर्ने विद्यालय स्रोतले बताएको छ ।

प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालको प्रमुख अतिथ्यता र स्थानीय विकास अधिकारी दिपेन्द्र राज पौडेलको बिशेष आतिथ्यता रहेको कार्यक्रममा सरस्वती मन्दिरको उद्घाटन समेत गरिएको थियो । सो धार्मिक कार्यक्रममा एक हजार आठ सय स्वामी ज्ञानानन्द सरस्वती महाराज र सरस्वती महाराजबाट प्रवचन भएको थियो । पूजापाठ कार्यक्रममा हजारौं धर्मालम्बीहरुको सहभागीता रहेको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग