Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अपांगको पैसा लिएर आफ्नै नेता फरार

Published on 9:58:00 AM //

गुल्मीको पौदी अमराईमा अपांगका लागि आएको रकम अपांगकै अध्यक्षले दुरुपयोग गरेर भागेका छन् ।  आर्थिक वर्ष ०६५/६६ को गाउँ परिषद्मा अपांगलाई बाख्रापालनका लागि छुट्याएको रकम पौदी अमराई अपांग समाजका अध्यक्ष बालकृष्ण पाठकले दुरुपयोग गरेको अपांगको आरोप छ ।

गत वर्षको गाउँ परिषद्मा छुट्याएको २५ हजार रुपैयाँ लिएर हिँडेका पाठकले अहिलेसम्म बैठक पनि नराखेको र रकमको विषयमा केही पनि जानकारी नगराएको दृष्टिविहीन चुरामणि घिमिरेले गुनासो गरे । गाविसले रकम छुट्याएपछि अपांगको क्षेत्रमा काम गर्न १३ सदस्यीय पौदी अमराई अपांग समाज गठन भएको, तर रकम निकाले पनि कसैलाई जानकारी नगराई हिँडेको समितिका कोषाध्यक्ष शशीराम विकले बताए । यस वर्ष पनि गाउँ परिषद्बाट २५ हजार रुपैयाँ छुट्याएर अघिल्लो वर्षको समेत गरी बाख्रापालन कार्यक्रमलाई प्रभावकारी बनाउने योजना बनाए पनि अध्यक्षले रकम सार्वजनिक नगरका कारण काममा समस्या परेको समितिका सदस्य चुरामणि घिमिरेले बताए ।

अपांगका लागि छुट्टिएको रकम अपांगकै हितमा सदुपयोग गर्नका लागि अध्यक्ष पाठकसँग रहेको रकम निकाल्न सहयोग पुर्‍याउन संस्थाका सदस्यहरूले दल, पत्रकार र गाविससचिवसमक्ष अनुरोधसमेत गरेका छन् ।
नयाँपत्रीका दैनिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग