Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ह्र्दयघातबाट मृत्‍यु

Published on 11:41:00 AM //

ह्र्दयघात भएर संयुक्त अरब ईमिरेट्सको अबुधबिमा एक जना नेपालीको निधन भएको छ । गुल्मी जिल्ला भनभने गा बि स ३ गैराखर्क स्थाइ घर भई अबुधबी स्थित अल हुस्सम जनरल कन्ट्राक्टिङ कम्पनीमा कार्यरत भिम कान्त पन्थीको ह्र्दयघात भएर मृत्‍यु भएको हो । ३१ बर्शिय पन्थीलाई राती करिब ११:३० बजे छटपटाई रहेको अवस्थामा कोठामा बस्ने साथीहरुले अस्पताल पुर्याएका थिए तर अस्पातल पुर्याए लगत्तै उनलाई डक्टरले मृत घोषणा गरेका थिए ।

उक्त घटनाको जानकारी सोही कम्पनीमा कार्यरत खेतुलाल अधिकारीले दिनु भएको थियो । मृतक पन्थीका घरमा १ छोरा र श्रीमती छन । घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएको कारणले उनी रोजगारको सिल्सिलामा कारीब २ बर्ष अघी संयुक्त अरब ईमिरेट्सको अबुधबीमा रहेको AL HUSSAM GENERAL CONTRATING COMPANY मा स्कापफोल्डिङको काम गर्दै आएका थिए। पोस्ट मार्टमको रिपोर्ट आई नसकेकोले लास नेपाल पठाउने प्रकिर्या अगाडि नबढेको र रिपोर्ट आईसकेपछी कम्पनीले नै सबै प्रकृया पुरा गरेर शब नेपाल आबुधाबीमै कार्यरत डिबि राउत ले जानकारी दिनु भयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग