Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटनामा परी तीन घाइते

Published on 3:05:00 AM //

अर्घाखाँचीबाट गुल्मी जिल्लाको सदरमुकाम तम्घासतर्फ आउँदै गरेको एउटा जिप गुल्मी जिल्लाको सिमानास्थित भगवती गाविसमा आज बिहान दुर्घटना हुँदा तीनजना घाइते भएका छन् ।


लु.१ज १७९३ नम्बरको उक्त जिप दुर्घटनामा परी घाइते हुनेहरूमा गुल्मी दिगाम गाविस-८ का २२ वषर्ीय विष्णु भण्डारी, सोही ठाउँका अनिल भण्डारी र अर्घाखाँची भगवती गाविसका रामप्रसाद पाण्डे रहेका छन् ।

घाइतको अहिले जिल्ला अस्पताल, तम्घासमा उपचार भइरहेको छ । घाइतेमध्ये विष्णु भण्डारीको अवस्था गम्भीर रहेको छ भने अन्य थप दुईजनाको अवस्था सामान्य रहेको जनाइएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग