Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अपहरित साथीलाई बुझाउदैं आफुहरु पनि माओवादीमै प्रवेश

Published on 3:11:00 AM //

माओवादीमा प्रवेश गरेको रिसमा राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरुले गुल्मीवाट अपहरण गरेका डिलाराम गौतमलाई हिजो माओवादीकै जिम्मा लगाउदै आफुहरु पनि माओवादीमै प्रवेश गरेका छन् ।

केही समय अघि राष्ट्रिय जनमोर्चा परित्याग गरी एनेकपा माओवादीमा प्रवेश गरेका विशुखर्क १ निवासी डिलाराम गौतमलाई राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरुले बागलुङ पुर्याएका थिए ।

गौतमलाई माओवादीमा प्रवेश गरेको रिस साध्दै अपहरण गरेर शनिबार मुक्त गर्न आएका विशुखर्कका राष्ट्रिय जनमोर्चाका वडा कमिटि अध्यक्ष लाल बहादुर गुरुङ शेर बहादुर गुरुङ सागर गुरुङ तारा बहादुर सहित एक दर्जन भन्दा बढि राष्ट्रिय जनमोर्चाका कार्यकता माओवादीमा प्रवेश गरेका हुन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग