Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पानी अभावमा सार्वजनिक शौचालय एक वर्षदेखि बन्द

Published on 4:14:00 PM //

पानीको अभावमा झण्डै ८ लाख खर्चेर बनाएको सदरमुकाम तम्घासको सार्वजनिक शौचालय उद्घाटन भएकै दिन देखि बन्द छ ।


 शौचालय गत कार्तिकमा उद्घाटन गरिएको थियो ।
जिल्लामा नयाँ धारा जडानका लागि उपभोक्ता समितिलाई २५ हजार तिर्नै पर्ने बाध्यात्मक अवस्था छ ।
समितिहरूले चर्को रकम असुल्ने गरेका कारण सार्वजनिक स्थल, शौचालय लगायतका क्षेत्रमा खानेपानीका कुनै धारा छैनन् ।


सदरमुकाम तम्घासको शहिद चोकमा निर्माण महेन्द्र उच्च माध्यामिक विद्यालयले निःशुल्क उपलब्ध गराएको महत्वपूर्ण जग्गामा रेसुङ्गा युवा क्लबले गत भदौमा सार्वजनिक शौचालय निर्माण गरेको थियो । शौचालयमा प्रयोग गर्ने पानी नभएपछि शौचालय प्रयोगमा ल्याउन नसकिएको र निःशुल्क पानी उपलब्ध गराउन पहल भैरहेको क्लबका अध्यक्ष निरन्जन थापा मगरले बताए ।
सदरमुकाम तम्घासमा सार्वजनिक शौचालयको अभावमा सर्वसाधरणले सास्ती खेप्नु परेको छ । शौचालय निर्माणका लागि जिविस, गाविस र क्लबको ७ लाख ५० हजार भन्दा बढी खर्च भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग