Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सामुदायिक विद्यालयमा अंग्रेजी

Published on 2:43:00 AM //

घनश्याम गौतम
निजी विद्यालय खुल्ने क्रम बढ्दै गएपछि यहाँका सामुदायिक विद्यालयले प्राथमिक तहबाटै अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेका छन् ।



अंग्रेजी पढाइ राम्रो हुने भन्दै अभिभावकले बालबालिका निजी विद्यालयमा भर्ना गर्न थालेपछि सरकारी विद्यालयहरूले प्रतिस्पर्धा गर्नका लागि अंग्रेजी माध्यम सुरु गरेका हुन् । प्रावि तहबाटै अंग्रेजी माध्यम सुरु गरेपछि सरकारी विद्यालयमा पनि विद्यार्थी संख्या बढ्दै जान थालेको छ ।

सदरमुकाम तम्घासको सिद्धबाबा उच्च माध्यामिक विद्यालयमा प्रावि तहमा नर्सरीदेखि नै अंग्रेजी माध्यममा पढाइ हुन थालेपछि झण्डै १ सय विद्यार्थी बढेका छन् । निमावि तहमा पहिल्यैदेखि अंग्रेजी माध्यम सुरु गरेको सिद्धबाबाले नर्सरीदेखि कक्षा २ सम्म पनि अंग्रेजी माध्यमबाट सुरु गरेको

छ ।

विद्यालयका प्राचार्य डोरविक्रम श्रीशका अनुसार अंग्रेजी माध्यम सुरु गरेपछि विद्यालयमा विद्यार्थी संख्या बढेको हो । विद्यालयमा सदरमुकामका बोर्डिङ स्कुल छाडेर आउनेहरूको संख्या पनि धेरै छ ।

अंग्रेजी माध्यमको पढाइले सदरमुकाममा भन्दा बढी प्रभाव गाउँका प्राथमिक विद्यालयहरूमा पारेको छ । यसै वर्षदेखि अंग्रेजी माध्यमका नर्सरी कक्षा सुरु गरेको खज्र्याङ गाविसको जनहित प्राथमिक विद्यालयमा झण्डै १ सय विद्यार्थी बढेका छन् ।

गत वर्षसम्म १ सय १० जनामात्र विद्यार्थी रहेकोमा यस वर्ष अंग्रेजी माध्यम सुरु गरेपछि ८० जना विद्यार्थी बढेको प्रधानाध्यापक द्वारिकाप्रसाद श्रेष्ठले बताए । 'विद्यार्थी भर्ना हुने क्रम अझै रोकिएको छैन', उनले भने । नजिकैको जनप्रगति बोर्डिङ स्कुलसँग विद्यार्थीका लागि प्रतिस्पर्धा गर्नैपर्ने भएपछि यो विद्यालयले अंग्रेजी माध्यम सञ्चालन गरेको हो ।

त्यस्तै दौंघा गाविसको आदर्श निमाविले पनि यसै वर्षदेखि प्रावि तहमा अंग्रेजी माध्यममा कक्षा सुरु गरेको छ । सरकारी विद्यालयका शिक्षक र अभिभावकहरूको छलफलले गाउँमा अंग्रेजी माध्यमका कक्षा सुरु गर्न लागिएको पनि श्रेष्ठले बताए । 'अभिभावकहरूले नै हामीलाई उत्साहित गराएका छन् ।',

श्रेष्ठले भने, 'जनशक्ति अभावले अलि समस्या भएको छ ।' निजी विद्यालयहरूले दार्जीलिङ्गका शिक्षक भनेर प्रचार गर्ने गरेकाले आफूहरूले पनि दार्जीलिङ्गबाटै शिक्षक मगाएको उनले बताए ।

जिल्लाका ग्रामीण क्षेत्रका ६० प्रतिशत बोर्डिङ स्कुलहरूले विद्यार्थी भर्नाको समयमा दार्जीलिङ्गका शिक्षकद्वारा अध्यापन गराइने भन्दै विद्यार्थी आकषिर्त गर्न प्रचारप्रसार गर्ने गरेका छन् । यस क्षेत्रमा दार्जीलिङ्गका शिक्षक-शिक्षिकाहरूको पढाइले अभिभावकहरूलाई बढी आकषिर्त गर्ने गरेको छ ।

जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुसालले जिल्लाका अधिकांश प्राथमिक विद्यालयहरूले अंग्रेजी माध्यममा कक्षा सुरु गरेपछि विद्यार्थी संख्या पनि बढेको बताए । 'जानकारी आउने क्रम जारी छ ।',

भुसालले भने, 'अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्ने विद्यालयहरूको संख्या १ सयभन्दा बढी नै छ ।' बोर्डिङहरूसँग प्रतिस्पर्धा गर्नै नसक्ने भएपछि विद्यालय र अभिभावकहरूको आपmनै पहलमा अंग्रेजी माध्यम सुरु भएको भुसालले बताए ।

जिल्ला शिक्षा कार्यालय तथ्यांक शाखाका चुतुर्भज पन्थीका अनुसार २०६६ सम्ममा जिल्लामा १ सय १० मावि, ६८ निमावि र ४ सय ३२ प्रावि सरकारी र नीजिा स्तरबाट १३ मावि, २० प्रावि र ५ निमावि संचालनमा छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग