Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बत्ती बल्न छाडेपछि ट्रान्समिटरमा पाठो पूजा

Published on 2:45:00 AM //

गुल्मीको अर्खले गाविसमा पर्ने भाडगाँउ बेहोरे सामुदायिक ग्रामीण विद्युतीकरणको बत्ती बल्न छाडेपछि उपभोक्ताहरुले पाठो पूजा गरेका छन् ।

गत माघ महिनादेखि परीक्षण उत्पादन सुरु गरेको उक्त विद्युतगृहमा कहिले बत्ती आउने कहिले नआउने गरेपछि अर्खले गाविस ८ र ९ नम्बर वडाका जनताले सिद्धथान नजिकै रहेको ट्रान्समिटरमा पाठो पूजा गरेका हुन् ।

‘सुरुमा ट्रान्समिटर राख्दा ठेकेदारले पाठो पूजा गर्नुपर्छ भनेका थिए । त्यति बेला गरिएन, सायद त्यसैले होला बत्ती नआएको भन्ने ठानेर पाठो पूजा गरिएको हो,’ स्थानीय परमानन्द मरासिनीले भन्नुभयो । उहाँले पाठो पूजा गरेपछि विहीबारदेखि बत्ती बल्न थालेको बताउनुभयो । ‘४/५ दिनसम्म बत्ती नआएर हैरान भएका थियौं पूजा गरेपछि बत्ती पनि आयो,’ मरासिनीले खुशी हुँदै भन्नुभयो ।

धेरैले भोग दिनुपर्छ भनेपछि स्थानीय उपभोक्ताले पाँच हजार रुपैयाँ खर्चेर पाठो किनेका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग