Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मानवअधिकारका लागि एकल महिला समाज गठन

Published on 7:26:00 AM //

हीरा कुवँर
एकल महिलाका मागप्रति सरकारलाई सचेत पार्न जिल्लाको वामी गाविसमा ०६७ जेठ २२ गते एकल महिला समाजको गठन भएको छ ।

समाजको अध्यक्षमा भगवती कक्षपति, उपाध्यक्ष ज्ञानु काफ्ले, सचिव पशुपति सापकोटा, सहसचिव पम्फा राना, कोषाध्यक्षमा मना बराल लगाएत अन्य सदस्यहरू रहेका छन् । सरकारले सामाजिक सुरक्षा अन्तर्गत एकल महिलालाई दिँदै आएको विधवा भत्तामा उमेरको हदबन्दी तोक्दा ६० वर्ष नपुगेका एकल महिलाहरु उक्त सेवाबाट वञ्चित भएको उनीहरुको गुनासो छ । साथै उक्त समाजले आगामी दिनमा मानव तथा महिला अधिकारका लागि गाउँ गाउँमा अभियान सञ्चालन गर्ने जनाएको छ ।

1 comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग