Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अज्ञात समूहद्वारा बृद्ध पुजारीको हत्या

Published on 11:24:00 PM //

अज्ञात समुहले रुपाकोट गाविसको सिद्धबाबा मन्दिरमा पुजा गर्दै आएका पुजारीको हत्या गरेको छ ।
चार वर्षदेखि मन्दिरमा बसेर पुजा गर्दै आएका रुपाकोट गाविस-७ का ६५ वर्षिय श्रृषिराम भण्डारीको हत्या भएको हो ।


 रुपाकोट गाविसको गाउँबस्तीबाट २ घण्टाको उकालो जंगलको बिचमा रहेको मन्दिरमा पुजा गर्दै आएका पुजारी भण्डारीलाई बन्चरो प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय शान्तिपुर प्रहरी सहायक निरीक्षक चामबहादुर श्रेष्ठले बताए ।

शुक्रबार राति हत्या भएको भएपनि जंगलको बिचमा मन्दिर भएकाले कोही नजाने भएकाले ढिलो जानकारी आएको थियो । जंगलमा गाई बाख्रा चराउन जानेहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । गाउँलेहरुका अनुसार मन्दिरमा केही दिनदेखि अन्दाजी ४०/४२ वर्षिय नचिनेको व्यक्ति मन्दिर वरपर घुम्ने गरेको थियो । प्रहरीले पनि सोही व्यक्तिबाट हत्या भएको हुन सक्ने भन्दै खोजी कार्य तिब्र पारेको छ ।

हत्याराको खोजीका लागि त्यस क्षेत्रका गाउँहरुमा प्रहरी परिचालन गरीएको घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक पदमप्रसाद सुवेदीले जानकारी दिए ।

समाचार: ईकान्तिपुर
तस्बिरहरु सौजन्य: रुपाकोट समाज गुल्मी काठमाडौं

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग