Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पानीको मुहान सफाइ

Published on 5:16:00 PM //

जलवायु परिवर्तनका कारण वातावरणमा नकारात्मक प्रभाव पर्न थालेपपछि गुल्मीका प्रशासनिक निकायदेखि राजनीतिक दलहरूले पनि वातावरण संरक्षणमा चासो देखाउन थालेका छन् ।

वातावरण संरक्षणमा चेतना जगाउन गुल्मीका प्रमुख जिल्ला अधिकारीदेखि सबै राजनीतिक दलले पहिलोपटक यहाँको खानेपानीको मुहान वरिपरि सरसफाइ गरेका छन् ।

उद्योग वाणिज्य संघ गुल्मीको पहलमा शनिबार बिहान तम्घास-६ चारीखोलामा रहेको खानेपानी मुहान वरिपरि वर्षौंदेखि रहेको झाडी तथा फोहोर सरसफाइ गरिएको हो । विश्व वातावरण दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल, स्थानीय विकास अधिकारी दीपेन्द्रराज पौडेल, प्रहरी नायव उपरीक्षक पदमप्रसाद सुवेदी, महिला विकास अधिकृत जमुना पौडेललगायत विभिन्न कार्यालयका कर्मचारी तथा स्थानीय नेता, उद्योगी व्यवसायी, पत्रकारलगायतको सहभागितामा पानीको मुहान सरसफाइ गरिएको हो ।
नयाँपत्रीकाबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग