Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पुजारीको हत्याको अभियोगमा पक्राउ

Published on 11:37:00 AM //

पी एम मगर
गुल्मी जिल्लाको रुपाकोट गाविसको शिद्धवावाको मन्दिरमा पुजारीको हत्या गरेको अभियोगमा प्रहरीले आईतवार वेलुकि एक व्यक्तिलाई प्रक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेमा रुपन्देही जिल्ला दुद्राक्ष गाविस निवासी ४५ वर्षीय युद्ध वन रहेका छन् ।
उनलाई प्रहरीले आज वेलुकि दिवु्रङ् गाविसको अर्जेवावाट वाटोमा हिड्दै गरेको अवस्थामा पक्राउ गरेको हो । मादक पदार्थ सेवन गर्नका लागि पुजारीसँग पैसा माग्न गएका वनलाई पुजारी ऋषिराम भण्डारीले आफुसँग पैसा नभएको वताएपछि वनले शुक्रवार वेलुकि नै वाचरो प्रहारगरि पुजारीको हत्या गरेको स्वीकार गरेको प्रहरी नायव उपरिक्षक पदमप्रसाद सुवेदीले जानकारी दिए।
उक्त घटनाको जानकारी पाउनासाथ शनिवार विहानै सदरमुकाम तम्घासवाट प्रहरी नायव उपरिक्षक पदम प्रसाद सुवेदीको नेतृत्वमा गएको प्रहरी टोली अनुसन्धानकालागि घटना स्थलमा पुगि खोजीकार्य तिव्र पारेको थियो । अभियुक्त वनलाई अहिले ईलाका प्रहरी कार्यालय शान्तिपुरमा राखिएको छ । गाउँदेखि दुई घण्टा भन्दा टाढा जंगलको विचमा रहेको उक्त मन्दिरमा पुजारी भण्डारी एक्लै वस्दै आईरहेका थिए । शनिवार विहान पुजागर्न मन्दिरमा गएका मानिसहरुले पुजारीलाई मृत अवस्थामा फेला पारेपछि घटना सार्वजनिक भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग