Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपालमै सबैभन्दा लामो पम्पिङ प्रणालिबाट पानी

Published on 1:03:00 AM //

गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा नेपालमै पहिलोपटक सबैभन्दा लामो पम्पिङ प्रणालीको माध्यमबाट खानेपानी योजना सञ्चालन गरिएको छ ।

सुक्खा मौसममा सबैतिर पानीको समस्या भइरहेको अवस्थामा गुल्मीको सदरमुकाममा तम्घास बृहत् खानेपानी योजनाले उक्त पम्पिङ प्रणालीको माध्यमबाट खानेपानी योजना सञ्चालन गरेको हो । परीक्षण सञ्चालनका क्रममा रहेको उक्त योजना नेपालमै एउटै पम्पको माध्यमबाट सबैभन्दा लामो उचाइमा प्रतिसेकेन्ड १० लिटर पानी पुर्‍याउन सफल योजना भएको तम्घास बृहत् खानेपानी योजनाका अध्यक्ष भुवनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
तम्घास बृहत् खानेपानी उपभोक्ता समिति, स्थानीय विकास मन्त्रालय र जिल्ला विकास समितिको आर्थिक सहयोग एवम् जिल्ला खानेपानी र सरसफाइ डिभिजन कार्यालय गुल्मीको प्राविधिक सहयोगमा झन्डै रु पौने दुइ करोडको लागतमा उक्त योजना सम्पन्न हुन लागेको हो । उक्त योजनाको मुख्य टयाङ्कीसम्मको लम्बाइ ५५० मिटर र उचाइ २५८ मिटर रहेको छ । जसबाट सदरमुकाम तम्घासका २० हजारभन्दा बढी जनताले उक्त खानेपानी उपभोग गर्न सक्ने समिति अध्यक्ष श्रेष्ठले बताउनुभयो । पम्पिङ योजनाको नयाँ प्रयोगबाट खानेपानीको अभावमा वषौंदेखि समस्या भोग्दै आइरहेका गुल्मीलगायत अन्य जिल्लावासीलाई समेत उक्त प्रविधिले थप हौसला प्रदान गर्ने बताइएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग