Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रीडि-रुद्रबेणी-बुर्तिबाङ्ग सडक अवरुद्ध

Published on 5:27:00 AM //

वर्षाका कारण गुल्मीको रिडी रुद्रबेणी वामीटक्सार बुर्तिबाङ्ग सडक सोमबार बिहानदेखि अबरुद्ध भएको छ ।


गुल्मीको जुहाङ्ग गाविसको वार्ड नं ३ भलादी भन्ने स्थानमा गएको पहिरोले सडक बगाएपछि सडकखण्ड अबरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि गुल्मीको शान्तिपुर, मजुवा, वामीटक्सार लगायत क्षेत्र नं १ का अधिकांस गाविस तथा बाग्लुङ्ग जिल्लाको बुर्तिबाङ्ग , खर्वाङ्ग, हटिया, लागयत क्षेत्र नं ३ बाट बुटवल जाने र बुटवलतर्फ आउने सवारी साधन तथा यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।
वर्षाका कारण सडक भत्किएपनि बाटो निर्माण समितीले मर्मतका लागी कुनै पहल नगरेपछि अलपत्र परेका यात्रुहरु र सवारीचालकहरुले नै पहिरो मर्मतको लागी प्रयास थालेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग