Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विरेन्द्र शिल्ड एघार वर्षछि राष्ट्रपति रनिङ्ग शिल्डका नाममा

Published on 10:01:00 PM //

घनश्याम गौतम
विद्यालय स्तरमा निकै चर्चित मानिएको बिरेन्द्र शिल्ड प्रतियोगिता जिल्लामा ११ वर्षपछि नाम परिवर्तन भई राष्ट्रपति रनिङ्ग शिल्डबाट शुरू हुने भएको छ ।

तत्कालिन अवस्थामा जिल्ला शिक्षा कार्यालयले जिल्लाका खेलाडीहरूको क्षमता विकासका लागि विरेन्द्र शिल्डका नाममा भलिबल, एथ्लेटिक्स, विभिन्न रचनात्मक शैक्षिक प्रतियोगिताहरू गर्ने गरेपनि माओवादी जनयुद्ध र राजा विरेन्द्रको हत्यापछि रोकिएको थियो । जिल्लाका विद्यालयहरूमा निकै चर्चित मानिने प्रतियोगिता यस वर्षजिल्ला खेलकुद विकास समितिले राष्ट्रपति रनिङ्ग शिल्डका नामबाट शुरू गर्न लागेको हो ।


समितिले यस वर्ष जेठ §२७ गते देखि प्रतियोगिता शुरू गर्न लागेको छ । जिल्ला भरका माध्यामिक विद्यालय स्तरको भलिबल, एथ्लेटिक्स, दौड प्रतियोगिता गरी दोस्रो राष्ट्रपती रनिङ्ग शिल्डको तयारी गरिरहेको अध्यक्ष टिका भलामीले बताए । भलामीको अध्यक्षतामा खेलकुद मन्त्रालयले एक समिति गठन गरेको थियो ।
यस अघिको समितिले गत वर्ष नै राष्ट्रपति रनिङ्ग शिल्ड शुरू गर्ने तयारी गरेको थियो । तर तयारीकै समयमा माओवादीले राष्ट्रपतिको विरोध गर्दै आन्दोलन शुरू गरेपछि रनिङ्ग शिल्ड पनि स्थगित गरिएको थियो । यस वर्ष शुरू हुन लागेको रनिङ्ग शिल्डका लागि जिल्लाका १ सय ४० माध्यमिक विद्यालय सहभागी हुन लागेको अध्यक्ष भलामीले बताए । जिल्लाका विद्यालय स्तरमा भलिबल प्रतियोगिता निकै चर्चित छ ।
धेरै वर्षपछि जिल्लामा रनिङ्ग शिल्ड हुन लागेकोमा विद्यालयहरू समेत खुशी देखिएका छन् । जिल्लामा खेलकुद प्रतियोगिता नहुँदा क्षमता भएर पनि विद्यार्थीहरूले प्रदर्शन गर्न पाएका थिएनन् ।
जिल्लामा विद्यालय स्तरका प्रतियोगिताहरू हुनु जरूरी हो ।, उदय उच्च माविका प्राचार्य कोमलनाथ न्यौपानेले भने, यसले विद्यार्थीहरूको शारिरीक र बौद्धिक क्षमता विकासमा सघाउने छ । उदय उच्च मावि तत्कालिन बिरेन्द्र शिल्ड प्रतियोगितामा चर्चित विद्यालय हो । विद्यालयले बिरेन्द्र शिल्ड प्रतियोगितामा थुप्रै शिल्ड र मेडल जितेको थियो । न्यौपानेले ११ वर्षपछि भएपनि जिल्ला स्तरको प्रतियोगिता हुन लागेकामा खुशी व्यक्त गरे ।
राष्ट्रपति रनिङ्ग शिल्ड संचालनका लागि युवा तथा खेलकुद मन्त्रालयले १ लाख ५० हजार रकम उपलब्ध गराएको र बाँकी रकम स्थानीय स्तरमा सहयोग संकलन गरेर प्रतियोगिता संचालन गर्न लागिएको जिल्ला खेलकुद विकास समितिका प्रमुख प्रकाश बरालले बताए ।
बरालका अनुसार प्रतियोगितामा जिल्लाभरका माध्यमिक विद्यालयमा अध्ययनरत १६ वर्षउमेर सम्मका विद्यार्थीहरू सहभागी हुन पाउने छन् । प्रतियोगितामा भलिबल, एथ्लेटिक्र्सतर्फ १ देखि १५ सयसम्म छात्र छात्रा दौड प्रतियोगिता, फिल्ड तर्फ हाइजम्प, लमजम्प, ज्याब्लिन थ्रो, ८ सय ग्राम र्सटफुट यो वर्ष संचालन गर्न लागिएको अध्यक्ष भलामीले बताए ।
जिल्ला शिक्षा कार्यालयले संचालन गर्ने बिरेन्द्र शिल्डको विवरण भने कतै भेटिएन । शिक्षा कार्यालयका नासु चोलानाथ मरासिनीका अनुसार २०५७ साल देखि बिरेन्द्र शिल्ड प्रतियोगिता रोकिएको थियो । शुरूमा माओवादी जनयुद्धका कारण र पछि राजा विरेन्द्रको हत्यापछि यसको चर्चा नै हुन छोडेको मरासिनीले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग