Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेताहरू खेतीपातीमा

Published on 6:18:00 PM //

घनश्याम गौतम
एमालेका पुर्वसांसद तथा निवर्तमान पार्टि सचिब कमल श्रेष्ठ गाउँमा उन्नत गाई पालेर व्यावसायिक दूध उत्पादन गर्दै छन् ।

माओवादी जिल्ला सचिवालय सदस्य भूपाल पोखरेलले पनि यही काम थालेका छन् । कांग्रेस जिल्ला सदस्य दामोदर भुसालले आफ्नै गाविस पौदी अमराइमा बाख्रापालन र कफीखेती सुरु गरेका छन् ।

राजनीतिक कामसँगै उनीहरूले जडिबुटी, नर्सरी उत्पादनलगायत अन्य खेतीपाती व्यावसायिक रूपमा सुरु गरेका हुन् । यसरी काम गर्नेमा विभिन्न दलका १२ नेताहरू छन् । माओवादीका जिल्ला सदस्य वीरबहादुर कार्की, एमालेका

जिल्ला सदस्य खड्ग केसी र शेषकान्त गौतमको दिनचर्या पनि कफीखेती र जडीबुटी खेतीमा बित्ने गरेको छ ।

एमालेका श्रेष्ठले किसानलाई गाई पालेर दूध उत्पादन गर्न अरूलाई प्रेरित समेत गरेका छन् । उनकै अगुवाइमा गाउ“भरि उन्नत गाई भित्रिएका छन् । भन्छन्, 'कृषिलाई आधुनिकीकरण नगरी रोजगारी सिर्जना गर्न सकिन्न ।' राजनीतिभन्दा खेतीपातीको कामलाई बढी समय दिने गरिएको उनले सुनाए । उनी जिल्लास्थित उत्पादक किसानको संगठनका अध्यक्ष पनि हुन् । 'म गाउ“का किसान जागरुक बनाउन सक्रिय छु,' माओवादीका पोखरेलले भने ।

नेताले भाषण र जनताले काम गर्ने हो भन्ने बुझाइ मेटाउन यो काममा लागेको उनले सुनाए । 'कृषिबाट गाउ“मै रोजगारी सिर्जना गरी युवालाई विदेश पलायन हुनबाट रोक्न सकिन्छ,' कांग्रेसका भुसालले भने ।

माओवादीका कार्की घमिर गाविसमा उत्पादन गरेका विभिन्न प्रजातिका बिरुवाले जिल्लाभरका लागि पुग्ने बताउ“छन् । जडिबुटी, बिरुवा उत्पादन, सिस्नोको धुलोलगायत तयार गरेर उनले बिक्री गर्दै आएका छन् । गौतमले उत्पादन गरेका कफीका बिरुवा जिल्लाभर पुग्ने गरेको छ । 'नेताहरू नै अग्रसर भएपछि हामी उत्साहित छौं,' थानपतिका किसान भाष्कर ज्ञवालीले भने ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग