Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चिया र पाउरोटी बेचेर लाखौं आम्दानी

Published on 12:52:00 AM //

पैसा कमाउनको लागि लाखौं खर्चेर जापान र अमेरिका जानुपर्दैन आफ्नै देशमा परिश्रम गरे पनि लाखौं कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन्
बाग्लुङ जिल्ला पाला गाविस- ६ बाटुलेका ३० वर्षीय राजु गौतम र ३६ वर्षीय तुलसी गौतम । आफ्नै ठाउँमा चिया र पाउरोटी बनाई बेचेर लाखौंको आम्दानी गर्न सफल गौतम दाजुभाइ भन्छन्- "परिश्रम गरे सफलता अवश्य मिल्दोरेछ ।"

पढाइमा जेहेन्दार हुँदाहुँदै पनि २०५६ सालको एसएलसीमा अनुत्तीर्ण भई पुरकमा पास भएका राजु र कानुनमा स्नाकोत्तरको लागि भर्ना भएका तुलसी मिलेर पाउरोटी बनाउने काम थालेको १० वर्षमात्र भएको छ अहिले उनीहरु नगरपालिकाको बजार क्षेत्रमा तीन ठाउँमा घडेरी र एउटा घर जोड्न सफल भएका छन् ।

एउटा टेबल र बेन्च मात्र राखेर व्यवसाय सुरु गरेका गौतम दाजुभाइका हाल चार भाइ र तीन बहिनी गरी सपरिवार यही व्यवसायमा लागेका छन् ।

"कहिले भोकै बसेर कहिले रातभरि नसुती पनि काम गरियो", सुरुमा पोखरा गई महिनाको रु तीनसय तलब बुझी काठमाडौं फ्रेस बेकरीमा काम सिकेका राजुले भने-"सुरुका दिन निकै कष्टकर भएर बिते व्यवसाय चलेन घाटा मात्र खाइयो ।"

रातभरि पाउरोटी बनाउने र दिनभर बजार डुलाएर बेच्ने राजुले पढ्दै गरेका दाइ तुलसीलाई समेत होमे व्यवसायमा जागिरको खोजीमा भौतारिँदै तुलसीले धेरै पटक लोकसेवा आयोगको परीक्षा दिए लिखितमा नाम पनि निकाले तर अन्तरवार्तामा कहिल्यै नाम निक्लेन । जागिरमा असफल बनेका तुलसीको पढ्ने चाहना पनि गरिबीको कारण बीचैमा तुहियो र भाइसँगै लागे व्यवसायतिर ।

अहिलेसम्म पछाडि फर्केर हेर्नुपरेको छैन उनीहरुलाई अर्डरको बेकरी बनाउन भ्याइनभ्याई छ कहिले त दिनको डेढ घण्टा मात्र सुतिन्छ, राजु भन्छन् "रगतलाई पसिना बनाई बगाउन सके विदेश जानुपर्दैन ।"

बागलुङ बजारको महेन्द्रपथ र ठाडोकुलो दुई ठाउँमा प्रगति बेकरी संचालन गरेका गौतम दाजुभाइले एक दशकको यो व्यावसायिक जीवनमा झन्डै ६० लाख सम्पत्ति जोडेका छन् । आफ्नो सफलताको पछाडि आफ्नो धैर्यता मेहनत र पारिवारिक एकताको विशेष महत्व भएको उनीहरु बताउँछन् ।

जनसंघर्ष राष्ट्रिय दैनिकबाट





0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग