Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खानेपानीको विवादमा जिल्ला प्रशासन घेराउ

Published on 8:44:00 PM //

आफुहरुले २०३३ सालदेखि उपभोग गर्दै आइरहेको रेसुङ्गा संरक्षण क्षेत्र अन्र्तगत पर्ने ठुलोखोला-ठुलोगैरा खानेपानी मुहानको पानी गत माघदेखि तम्घास गाविसले उपभोग गर्न थालेको भन्दै शुक्रबार पराल्मी गाविसका उपभोक्ताहरुले जिल्ला प्रशासन कार्यालय गुल्मीमा घेराउ गरेका छन ।

२०४२ सालमा पोखरा क्षेत्रीय खानेपानी संस्थाले ९ लाख र उपभोक्ताहरुबाट २५ प्रतिशत लागतमा सम्पन्न भएको पराल्मी खानेपानी उपभोक्ता समितिको आह्वानमा शुक्रबार सो गाविसका वडा नं.१ देखि ५ सम्मका उपभोक्ताहरुले प्रशासन घेराउ गरेका हुन । उनिहरुले रेसुङ्गा खानेपानी उपभोक्ता मुल समितिले जर्वजस्ती उक्त मुहानमा हस्तक्षेप गर्न नहुने पराल्मी उपभोक्ता समितिक अध्यक्ष मुक्तिनाथ पाख्रेलले बताउनुभयो ।

यति लामो समयदेखि आफुहरुले उपभोग गर्दै आइरहेको मुहान तम्घास गाविसले उपभेाग गर्दा पराल्मीका १८ सय जनतालाई खानेपानी अपुग हुने भएकोले आन्दोलनमा उत्रिन बाध्य भएको उँहाले बताउनुभयो । तत्काल तम्घास ल्याइएको उक्त खानेपानी बन्द नगरे थप संघर्षमा उत्रले चेतावनी समेत दिनुभयो । यतिबेला आन्दोलनरत पराल्मीका उपभोक्ताहरुले प्रशासनका दुई वटै गेट र जिल्ला विकास समितिको गेटमा समेत धर्ना दिइरकेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग