Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रजिअले गरे रोपाइँ

Published on 6:16:00 PM //

गगनशिला खड्का
असार १५ अर्थात धान दिवसको अवसर पारेर  मंगलबार गुल्मीका प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालसहित राजनीतिक दलका नेताले किसानसँगै धान रोपाइँमा सहभागिता जनाएका छन् ।


रोपाइँमा प्रजिअ अर्यालले कृषि क्षेत्रलाई नत्याग्न युवा पुस्तालाई सुझाब दिए । जिल्लास्थित सबै सरकारी कार्यालयका प्रमुखले सामूहिक रूपमा किसानलाई धान रोपाइँमा सहयोग गरेका थिए ।


'कृषि भूमिको संरक्षण गरौँ, धान खेती उत्पादन वृद्धि गरौँ' मूल नारासहित मनाइएको दिवसमा प्रजिअसहित स्थानीय विकास अधिकारी दीपेन्द्र पौडेल, प्रहरी नायब उपरीक्ष पदमप्रसाद सुवेदी, वरिष्ठ कृषि विकास अधिकृत नरहरिप्रसाद घिमिरेलगायत उच्च अधिकारी र विभिन्न राजनीतिक दलका स्थानीय नेता सहभागी थिए ।


जिल्लाको अर्खले रैदीफाँटमा भएको रोपाइँ कार्यक्रममा किसानसँगै नेता तथा सरकारी कर्मचारी सहभागी भएपछि स्थानीय किसानले कृषि पेसा छाडेर अन्य क्षेत्रमा नलाग्ने बताउँदै आधुनिक कृषि प्रणालीका लागि सहयोग माग गरेका थिए ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग