Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उपचार गर्न नसकेपछि आत्महत्या

Published on 1:13:00 AM //

घनश्याम गौतम
बिरामी परेको दश बर्ष बितिसक्दा पनि उपचार गर्न नसकेपछि घमिर गाविसमा एक व्यक्तिले सोमबार झुण्डिएर आत्महत्या गरेका छन् ।

घमिर गाविस-२ मा सुकुम्बासी जग्गामा बस्दै आएका ३६ वषिर्य लोकबहादुर कार्कीले पछिल्लो पटक उपचारका लागि श्रृण समेत नपाएपछि आत्महत्या गरेका हुन् । कार्की दश वर्ष देखि छारे रोगबाट पीडित थिए । रोगी अवस्थामै श्रीमति सहित तिन छोराछोरी पाल्दै आएका उनलाई पछिल्लो तिन/चार महिनादेखि रोगले बढी च्यापेको र उपचारका लागि पैसा नपाएको प्रेमबहादुर कार्कीले बताए ।

रोगले बढी च्याप्दै जान थालेपछि आफु उपचारका लागि जिल्लामा जाने भन्दै पैसा माग्ने गरेको तर कतैबाट पैसा जुटन नसकेपछि बिक्षिप्त बनेको छिमेकीहरुले बताएका छन् । कार्कीले सोमबार विहान घरमा कोही नभएको मौका पारी घर नजिकैको चिलाउनेको रुपमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा कार्कीको परिवारमा अन्य कुनै विवाद नभएपनि सुकुम्बासी जग्गामा बस्दै आएका परिवारमा गरिबी रहेको र त्यसैको कारण आत्महत्या गरेकोह हुन सक्ने बताएको छ । 'अन्य कुनै कारण देखिएन ।', मुद्धा शाखाका प्रहरी सहायक निरिक्षक माधव भण्डारीले भने 'गरिबी नै हुनसक्छ ।'

सुकुम्बासी र दैनिक ज्याला मजदुरी गरेर खाने भएकाले कार्कीको शव पोष्टमार्टमका लागि तम्घास ल्याउन समेत समस्या परेकोपछि छिमेकीहरुलेे रकम संकलन गरी शब पोष्टमार्टमका लागि तम्घास ल्याइएको स्थानीय भिमबहादुर कार्कीले बताए । मृतक कार्कीका एक श्रीमती र तीन छोराछोरी छन् ।
गुल्मीको पौँदी अमराई गाविसमा दुई साताअघि चरम गरिबीका कारण एक महिलाले पनि यसैगरी झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग