Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

५० औँ वार्षिकओत्सब मनाइँदै

Published on 11:43:00 AM //

जुनियाँ माध्यमिक विद्यालय जुनियाँ गुल्मीको स्वर्ण महोत्सव तथा पुनःमिलन कार्यक्रम शुरु भएको छ । विद्यालय स्थापनाको ५० बर्ष पूरा भएको उपलक्ष्यमा विभिन्न कार्यक्रमको आयोजना गरी भब्य रुपमा कार्यक्रमहरु संचालन भईरहेको आयोजक समितिले जनाएको छ ।

कार्यक्रमको उद्घाटनa एक समारोहका बिच संविधानसभा सदस्य सुर्दशन बरालले गर्नुभएको थियो ।

सो कार्यक्रममा अन्तर वडा स्तरको भलिबल प्रतियोगिता, अन्तर सदनात्मक खेलकुद प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता लगायत विभिन्न सांस्कृतिक कार्यक्रम, रिले दौड आदि संचालन भईरहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण शाहीले जानकारी दिनुभयो ।

सो अवसरमा विद्यालयको स्थापनादेखि हालसम्म समाजमा रहेर विभिन्न आर्थिक भौतिक विकासमा सहयोग पुर्याउने, संस्थापक, चन्दादाता, भू।पू। शिक्षक, विद्यार्थी लगायत विभिन्न महानुभावहरुलाई सम्मान गरिने कार्यक्रम रहेको प्र।अ। रुपाकुमारी शाहीले जानकारी दिनुभयो ।

२०१८ सालमा स्थापना भएको सो विद्यालयमा २०५५ सालसम्म प्रा। वि। कक्षा संचालन गर्दै आएकोमा ०५५ सालदेखि नि।मा।वि। कक्षा संचालन गर्दै आएको यस विद्यालयमा स्वर्ण महोत्सवको अवसर पारेर मा।वि कक्षा संचालन शुरु गरिएको शिक्षक अर्जुन शर्मा ढकालले बताउनुभयो ।

हाल उक्त विद्यालयमा १० जना शिक्षकशिक्षिका र १ जना कर्मचारी रहेका छन् भने जम्मा विद्यार्थी संख्या ३ सय ५० रहेको छ । कार्यक्रम आगामी जेष्ठ २४ गतेसम्म संचालन हुने बताइएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग