Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा ९६ जना एचआईभी संक्रमित

Published on 3:15:00 PM //

शिवलाल सुबेदी
गुल्मीमा ९६ जना एचआइभी संक्रमित रहेको जिल्ला एड्स समन्वय समितिले जनाएको छ ।

युरोपियन युनियनको सहयोगमा घुम्ती नेपालद्वारा मगंलबार तम्घासमा आयोजित एकिकृत समुदायिक विकास कार्यक्रम जिल्ला एड्स सम्बन्वय समितिको क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी जिल्ला डयाक कोर्डिनेटर गीता अर्यालले यस्तो बताउनु भएको हो । उहाँले हंसरा गा।वि।सका ७ बर्षीय एक बालक एड्स पीडित भएको तर उनको नाम दिन नमिल्ने बताउनु भयो । ती एड्स पीडित बालकलाई जिल्ला अस्पतालमै औषधी खुवाउँदै आइएको जिल्ला अस्पताल गुल्मीकी मेडिकल अधिकृत डा। शिला क्षेत्रीले बताउनु भयो । गुल्मीमा अधिकांश युवा भारतलगायतका विभिन्न मुलुकमा रोजगारी गर्न जाने र उनिहरुद्वारा निम्तिएको संक्रमणबाट निर्दोष गृहणीहरु समेत संक्रमित भएको सहभागीहरुले बताए । घुम्ती नेपाल पोखराका सहजकर्ता विश्व पौड्यलले नेपालमा हालसम्म ७२ हजारभन्दा बढि संक्रमितको संख्या रहेको र त्यसमध्ये खुद दोषी ठानिने यौनकर्मी जम्मा ६ जनामात्रै संक्रमित भएको तर ४४ जना ग्राहक र २४ जना निर्दोष गृहणी संक्रमणको शिकार बन्नुपरेको बताउनु भयो । उहाँले कुल संख्याको दोब्बर अर्थात ६३ जना महिला र ३३ जना पुरुषहरु संक्रमित रहेको जानकारी समेत गराउनु भयो । उहाँले अबको दिनमा सबै उमेरका मानिसहरुले असुरक्षित यौन सम्पर्कप्रति सचेतता अपनाउन नसके नेपालमा यौन संक्रमितको स्थिति भयावह हुने चेतावनी समेत दिनुभयो । सहभागी सरकारवालाहरुले गुल्मीमा यौन संक्रमितहरुको उच्च वृद्धि हुँदा पनि सरकारी एवम् गैर सरकारी संस्थाहरुले औपचारिक कार्यक्रम वाहेक लक्षित वर्गसम्म पुर्याउने कुनै प्रभावकारी कार्यक्रम संचालन हुन नसकेको गुनासो गरेका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी जगदिशचन्द्र नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख भेषराज पोखरेल, तम्घास अस्पताल विकास समितिका अध्यक्ष शेर बहादुर थापा, प्रहरी निरीक्षक राजाराम अधिकारी, महिला विकास अधिकृत जमुना पौड्याल, जि।वि।सका कार्यक्रम अधिकृत विनोद मरासिनी, पत्रकार महासंघ अध्यक्ष जनार्दन घिमिरे, डा। शिला क्षेत्रीलगायतको विशेष अतिथ्यता थियो । कार्यक्रम निमित्त स्थानीय विकास अधिकारी भक्तिराम मरासिनीको अध्यक्ष र राजन भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग