Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अपांगहरुलाई भाडामा छुट दिन निर्देशन

Published on 7:18:00 PM //

अपांगहरुलाई यातायात भाडामा ५० प्रतिशत छुट दिन जिल्ला प्रशासन गुल्मीले यातायात व्यवसायीहरुलाई निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले पश्चिम नेपाल बस व्यवसायी संघ, गुल्मी जिप व्यवसायी समिति र रेसुङ्गा मिनी माइक्रो बस व्यवसायी समितिलाई पत्राचार गरी यस्तो निर्देशन दिएको हो ।

नेपाल अपांग एकता समाजले जिल्ला प्रशासन कार्यालय गुल्मीमा भाडा छुटका लागि ज्ञापनपत्र बुझाउँदै आफ्ना माग पूरा नभए कडा अन्दोलनमा उत्रने चेतावनी दिएको थियो ।

प्रशासनले यातायात व्यवसायीहरुलाई पत्राचार गरेपछि नेपाल एकता समाजका अध्यक्ष धनबहादुर खड्काले यसरी नै अपांगहरुलाई निःशुल्क शिक्षालगायतका नौवटा माग पूरा गराउनेतर्फ आफूहरु लागिपरेको बताउनु भयो । रासस

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग