Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तिमी मेरी हुन्छु भन....

Published on 3:09:00 AM //

-होमनाथ कुँवर

मेरो दिलको पानाभरी तिम्रै नाम खोपी दिन्थेँ,
हुन्छ मात्रै भने पनि, न्यानो माया पोखी दिन्थेँ ।


उर्ली आउने भेल होस्, चाहे चैतको आँधी हुरी,
सुख-दु:ख हाँसो-खुशी, चोट लाग्दा छाती भरी ।
चौतारीको बरपिपल झैँ, जीवन सँगै काटौँला,
तिमी मेरी हुन्छु भन, मिठो मिठो माया साटौँला ।।

तिम्रो न्यानो अँगालोमा, संसारलाई भूली दिन्छु
जतन गरि सम्हालिदेउ, सदाबहार फुली दिन्छु ।
एक पाइला तिमी चाल, अर्को पाइला म चालौँला
हातमा हात मिलाएर, प्रेमसागर सँगै तरौँला ।।

चौतारीको बरले बरै, सधैं किन एक्लो भन्छ
तिमी बिना आफ्नै छाँया, एकान्तमा झस्काइदिन्छ ।
आफ्नै रुपले सुन्यतामा, आफैलाई गिज्याइदिन्छ
भित्री आत्मा त्यस्तै बेला, लौन चाडै बोलाउ भन्छ ।।


हस्तिचौर, गुल्मी
हाल: यूएई


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग