Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शहिदको स्मृतिमा विद्यालयको उद्घाटन

Published on 12:10:00 AM //

शहिदको स्मृतिमा स्थापित गुल्मी जिल्लाकै पहिलो विद्यालय भवनको शहिद पुत्रीबाटै उद्घाटन गरिएको छ ।

जनयुद्धका सहिद हरि कंडेलको सम्झनामा स्थापना भएको गुल्मीको विरवास १ स्थित हरि स्मृति प्राथमिक विद्यालयको नवनिर्मित भवनको शहिद पुत्रीले एक समारोहको बीच उद्घाटन गरेकी छन् ।
जनयुद्धको बेला तत्कालीन माओवादी पार्टीको विरवासमा आयोजित कार्यक्रममा सहभागी भएकै कारण सुरक्षाकर्मीहरुद्वारा घेरा हाली हत्या गरिएका स्थानीय हरि कंडेलको सम्झनामा स्थानीयवासीले स्थापना गरेको सो विद्यालय दुई कोठे भवनको मंगलवार उनकै छोरी गंगा कंडेल र एकीकृत नेकपा माओवादी गुल्मी जिल्ला सचिवालय सदस्य कृष्ण प्रसाद पौड्यालले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।
सो भवन दातृनिकाय जाइकाको ६० प्रतिशत भौतिक सामग्री १ लाख २५ हजार नगद र ४० प्रतिशत जनश्रमदानबाट उक्त भवन निर्माण भएको थियो । उद्घाटन समारोहमा प्रमुख अतिथि कृष्ण प्रसाद पौड्याल, सहिद पुत्री गंगा, स्थानीय समाजसेवी मान बहादुर पल्ली, नारायण पौडेल, तुल्सा पौडेल लगायतले मन्तव्य राखेका थिए ।
शारदा पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रधानाध्यापक इन्दिरा गौतमको सभापतित्व र शिक्षिका संगीता गन्धर्वको संचालनमा सम्पन्न भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग