Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सवारी दुर्घटनामा रजालीको मृत्यु

Published on 9:57:00 PM //

गुल्मी पराल्मी-७ का ३२ वषर्ीय कुम्भबहादुर रजालीको अलखोर घुम्तीमा सडक दुर्घटना परी मृत्यु भएको छ ।

एटलान्टिक ट्रेडिङ कन्ट्रयाक्टिङ्ग कम्पनीमा १० वर्षदेखि कार्यरत रजालीसँग रहेका अन्य दुई भारतीय कामदार घाइते भएका छन् ।
मे २९ मा ड्युटीको क्रममा भ्यानमा हिँडिरहेका उनीहरूलाई गाडीले ठक्कर दिएपछि रजालीको च्यापिएर मृत्यु भएको गुल्मी सेवा समाजका अध्यक्ष द्रोण बस्नेतले बताए । घरमा मृतकको श्रीमती, २ छोरा, १ छोरी, बुबा र भाइ छन् । बस्नेतका अनुसार कम्पनी तथा स्थानीयको सहयोगमा रजालीको शव पठाउने तथा बिमाको पहल गर्न सोमबार दूतावासमा सम्पर्क भएको छ । उनले रजालीका दाई नेत्रबहादुरको पनि तीन वर्षअघि कतारमा सवारी दुर्घटना र आमाको गत वर्ष निधन भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग