Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अदालतबाट पिडित महिलालाई प्रशासनले न्याय दिलायो

Published on 3:49:00 AM //

प्रेम सुनार
षड्यन्त्रमूलक ढङ्गबाट श्रीमानले अदलतमा लगेर बिना क्षतिपूर्ति सम्बन्धबिच्छेद गराएपछि घर न घाट जस्तै बनेकी एक महिलालाई जिल्ला प्रशासन गुल्मीले न्याय दिलाएको छ ।

गत फागुन २७ गते मानसिक सन्तुलन समेत ठिक नभएको अवस्थामा २ महिनाकी सुत्केरी श्रीमती २४ बर्षीय पुष्पा अर्याललाइ रुपन्देहि जिल्ला अदालतमा लगेर बिना क्षति पूर्ति सम्बन्ध बिच्छेद गराउने आापचौर गा. वि. स.वाड नं. ७ निवासी श्रीमान प्रदिप अर्यालबाट श्रीमति पुष्पालाई सोमवार जिल्ला प्रशासन कार्यालयले ३ लाख क्षतिपूर्ति सहित न्याय दिलाएको हो ।

श्रीमान अर्यालले आफुलाई डर धम्की देखाइ बिना पैसा जिल्ला अदालत रुपन्देहीमा लगेर सम्बन्धबिच्छेदको कागजमा सहि छाप गर्न बाध्य पारेको भन्दै उनले उजुरी दिएपछि पूष्पालाई प्रशासनले न्याय दिलाएको हो । त्यसरी सम्बन्ध बिच्छेद गरिसकेपछि पनि श्रीमान अर्यालले आफूलाई डेढ महिनासम्म घरमै राखी श्रीमतीकै माया ममता दिइरहेको अवस्थामा फेरी घरनिकाला गरेका कारण आफू न्याय खोज्न जिल्ला प्रशासन आएको पूष्पाले बताइन् ।

केही दिन अघि श्रीमान प्रदिपले रकम पछि दिने सर्तमा मिलाएर फर्किन खोजेपनि प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले आफ्नै सम्मुखमा पिडित महिलाइ अंश बापत उक्त रकम नबुझाए सम्म नछाड्न निर्देशन दिएपछि प्रदिपले शुक्रबार प्रजिअकै कार्यकक्षमा ३ लाख रुपैया बुझएका हुन् ।

"अदालतबाट घर न घाट जस्तै बनेको अवस्थामा प्रशासनबाट न्याय पाएँ ।" प्रजीअ मार्फत ३ लाख बुझेर फर्किएकी पूष्पाले भनिन् । तर उनले श्रीमान प्रदिपबाट पछिल्लो चरणमा यति धोका पाए पनि उनले बिगतमा दिएको माया कहिल्यै बिर्सन नसक्ने पनि बताइन । पूष्पालाइ न्याय दिलाउन प्रशासनको मुद्धाफाटँ, प्र.जि.अ. मात्र होइन काँग्रेस, माओवादी र एमालेका महिला नेत्रीहरु क्रमश बिष्णु सापकोटा, श्रृजना तरामु र ललिता गौतम लगायतको महत्वपूर्ण भुमिका रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग