Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाविस सचिवहरुद्धारा सामुहिक राजिनामा

Published on 4:24:00 PM //

पी.एम.मगर
संयुक्त जातिय मुक्ती मोर्चा नेपाल नामक संघठनले दिएको धम्की कारण जनाउदै गुल्मी जिल्लाका गाविस सचिवहरुले आईतवार सामुहिक राजिनामा दिएका छन् ।
उक्त संघठनले जेठ २४ गतेका दिन पत्र प्रेषित गदै सचिवहरुले तुरुन्त स्वयं वा सामुहिक रुपमा राजिनामा दिन जिल्लाका गाविस सचिबहरुलाई धम्की दिएको थियो । साथै रजिनामा नदिएमा जस्तोसुकै कारवाही गर्ने भनी धम्क्याएकाले आफुहरुले निर्भयका साथ काम गर्न नसक्ने वताउदै उनीहरुले स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेल समक्ष सामुहिक राजिनामा वुझाएका हुन् । गुल्मीका कुल ७९ गाविस मा काम गर्दै आएका कुल ६५ जना सचिवहरुमध्ये ४५ जना सचिवहरुको संयुक्त हस्ताक्षर र अन्यले मौखिक सहमतीमा राजिनामा बुझाएका हुन । राजिनामा पत्रमा विगत ९ वर्ष देखि स्थानिय निकाय रिक्त रहेको अवस्थामा पनि काम गदै आएको तर देशका विभिन्न जिल्लामा गाविस सचिवलाई धम्की दिने शाररिक-मानसिक यातना दिने, हत्यासम्म गर्ने र गाविस सचिवहरुलाई रकम हिनामिना जस्ता आरोप समेत लागाउने गरेको अवस्थामा राज्यले नै व्यावस्थापन गरोस भनिएको छ ।
गाविस सचिवलाई हत्या गर्ने जस्ता असहज परिस्थीतीमा पनि राज्यले निर्भयताका साथ काम गर्ने वातावरण सिर्जना नगरेका कारण सचिवहरुको वैठकको निर्णय अनुसार सुरक्षकोलागी वाध्य भएर रजिनामा दिनु परेको गाविस सचिव हक हित माच गुल्मीका अध्यक्ष विष्णु प्रसाद पन्थीले वताउनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग