Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

डिजीटल नम्वर प्लेट हटाईने

Published on 11:18:00 PM //

सीता भण्डारी
जिल्ला ट्राफिक कार्यालय गुल्मीले आजदेखि सवारी साधनहरुमा डिजीटल नम्वर प्लेट हटाउने अभियान संचालन गरेको छ ।
आजदेखि संचालन गरिएको उक्त अभियान अर्न्तगत सदरमुकाम तम्घासमा एघार वटा मोटरर्साईकलहरुका डिजीटल नम्वरप्लेट जफत गर्नुका साथै उक्त चालकहरुवाट सवारी चालक अनुमति पत्र समेत कार्वाहीकोलागि ट्राफिकले आफ्नो नियन्त्रणमा लिएको छ । सवारी साधनहरुमा यसरी डिजीटल नम्वरप्लेटहरु राखि सवारी साधन चलाउँदा कलर भीजन अंक देखिने र त्यस्ता सवारी साधनहरुले कुनै अपराधिक घटनाहरु घटाएर अपराधिहरु फरार हुन सक्ने खतरा वढ्न सक्ने भन्दै जिल्लामा आजदेखि यसरी त्यस्ता नम्वरप्लेटहरु हटाउने अभियान शुरु गरेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख डोरवहादुर थापाले जानकारी दिनु भएको छ । ट्राफिकले सवारी चालक अनुमति पत्र नलिई जथावाभी सवारी साधनहरु चलाउने, सवारी साधनहरुमा क्षमता भन्दा वढी यात्रुहरु राख्ने, तिब्र गतिमा सवारी साधनहरु चलाउने लगायतका अनियन्त्रीत गतिविधि गर्ने सवारी चालकहरुलाई समेत कडा कार्वाही गर्ने वताएको छ । आज सवारी साधनहरु निरिक्षणको क्रममा २३ सय रुपैंयाँ समेत राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग