Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बहुउपयोगी हात्तीबार लोपोन्मुख

Published on 4:20:00 AM //

विभिन्न रोगको औषधी र पहाडी क्षेत्रमा भूक्षयका लागि अति उपयोगी मानिने झाडीदार वनस्पति केतुके (हात्तीबार) संरक्षणको अभावमा लोप हुँदै गएको छ ।


खोला किनारको कमजोर र भिरालो जमिनमा रोपेपछि बारी र खरबारीहरूमा पर्खालको कामसमेत हुने हात्तीबार पछिल्ला वर्षहरूमा हराउँदै जान थालेको हो । यसको महत्त्वका बारेमा जानकारी कम हुने र अधिकांश क्षेत्रमा ग्याबिन जालीको प्रयोग बढ्दै गएपछि लोप हुन थालेको हो । यातायात सडकका छेउछाउ र खोला किनारहरूमा बढी देखिने केतुके अहिले देख्नै छाडिएको बूढापाकाहरू बताउँछन् ।

जिल्ला भूसंरक्षण कार्यालयका अधिकृत चन्द्रप्रकाश सेडाईंका अनुसार यस वनस्पतिको स्थानीय नाम केतुकी -हात्तीबार) भए पनि अन्तर्राष्ट्रिय नाम रम्बास र वैज्ञानिक नाम एगाभ कानटुयाला रक्स्ब हो ।  प्रत्येक तिन मिटरको दूरीमा रोपेमा केतुके रोपेको क्षेत्रमा कुनै ढुङ्गा वा सिमेन्टको पक्की पर्खाल आवश्यक नपर्ने सेडाईंले बताए ।

यो बोट रोपेको १५ वर्षसम्म सजिलै रहने गर्दछ । रूख सानो, पात धेरै र ठूला हुने अनि धेरै टाढा टाढासम्म यसका जरा फैलने र जरा औषधीमा समेत प्रयोग हुने भएकाले पनि यो धेरै उपयोगी मानिन्छ ।

२ सय ५० देखि ७ हजार ५ सय मिलिलिटरसम्म वषर्ा हुने स्थानमा खेती नै गर्न सकिने केतुकेको जरा सेवन गर्दा रोकिएको दिशा, पिसाब खुल्ने, महिलाहरूको महिनाबारी नियमित हुने र छिनछिनमा बेहोस हुने खालका रोगहरू निको हुने समेत अधिकृत सेडाइर्ंले बताए ।

भूसंरक्षण कार्यालयका प्रमुख ज्ञानप्रसाद शर्माले बहुउपयोगी मानिने केतुके संरक्षणका लागि भूसंरक्षण कार्यालयले पहल सुरु गरेको बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग