Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कांग्रेस कार्यकर्तामा असन्तुष्टी

Published on 8:16:00 PM //

निर्वाचन नगरी जिम्मेवारी तोकिएपछि कांग्रेसको तम्घास गाविसका कार्यकर्तामा असन्तुष्टी बढेको छ ।
निर्वाचन नगरी केही व्यक्तिहरूले आयोग बनाएर जिम्मेवारी बाँडफाँड तथा क्षेत्रीय प्रतिनिधि तोकेको भन्दै कार्यकर्तामा असन्तुष्टी बढेको हो । असन्तुष्टीपछि १८ सदस्यीय तम्घास गाउँ समितिका १० जनाले पद अस्वीकार गर्दै जिम्मेवारी फिर्ताको घोषणा गरेका छन् ।

अधिकांश कार्यकर्ताले गाउँ समिति र क्षेत्रीय प्रतिनिधि सबै निर्वाचनबाट चुन्न माग गरेका छन् । सोमबारको गाउँ अधिवेशन विवादका कारण स्थगित भएपछि मंगलबार आयोग बनाई कार्यकर्तालाई जिम्मेवारी बाँडफाँड गरिएको थियो ।

आयोगले भेलाबाट सर्वसम्मत अनुमोदन भएका समेतलाई हटाई अर्कै व्यक्तिलाई जिम्मेवारी दिएपछि विवाद थप बढेको हो । आयोगका नामबाट कार्यकर्तालाई मतदानबाटै वञ्चित गराइएको कार्यकर्ताको गुनासो छ । जिम्मेवारी अस्वीकार गर्नेमा तम्घास गाउँ समिति सचिवको जिम्मेवारी पाएका छवि पाण्डे, सहसचिव लक्ष्मण खनाल, कोषाध्यक्ष प्रकाश भलामी, सदस्यहरू डिल्लीराज पाण्डे, कृष्णराज पाण्डे, ईश्वरी बेल्बासे, रमेश श्रीश, सल्लाहकारहरू ताराप्रसाद पाण्डे, विष्णुप्रसाद पन्थी, वार्ड सचिव विष्णुप्रसाद पन्थी रहेका छन् । आयोगले अखिलेश्वर पाण्डेको सभापतित्वमा तम्घास गाउँ समिति चयन गरेको थियो ।

असन्तुष्ट सचिव छवि पाण्डेले आफूले पाँच वर्षदेखि सचिव पद चलाइरहेको तर आयोगले आफूलाई पुनः जबरजस्ती सचिवमै राखेकाले अस्वीकार गरेको बताए । त्यस्तै आयोगले भुवनप्रसाद श्रेष्ठ, शालिकराम पन्थी, श्रीप्रसाद भलामी, विष्णुप्रसाद बलाल, राजेन्द्रप्रसाद श्रेष्ठ र मुकुन्द ग्ाौतमलाई क्षेत्रीय प्रतिनिधि तोकेको छ । त्यस्तै महिलाबाट मीना पन्थ, अमृता कुँवर चयन भएका छन् । मतदानबाटै प्रतिनिधि चयन गर्न नपाएको पनि कार्यकर्ताहरूको गुनासो छ ।

त्यस्तै नेपाली कांगंेसको मंगलबारको बैठकले क्षेत्रीय र जिल्ला अधिवेशन पूर्वनिर्धारित समयमै गर्ने निर्णय पनि गरेको छ । निर्णयसँगै जिल्लामा कार्यकर्ताको चुनावी सक्रियता बढेको छ । जिल्ला सभापति पदका लागि वर्तमान सभापति सुरेशचन्द्र भुसाल, राजेन्द्रप्रसाद पन्थ, उपसभापति शालिकराम पन्थी, सचिव फणीन्द्र भण्डारी, महासमिति सदस्य भुवन श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

त्यस्तै क्षेत्र नं. १ को सभापतिमा पाराश्वर ढकाल, देवबहादुर थापा, बुद्धिप्रसाद खरेल, क्षेत्र नं. २ मा अशोक थापा, हरि न्यौपाने, खिलध्वज पन्थी र क्षेत्र नं. ३ मा ढुण्डिराज भण्डारी र दामोदर भुसालले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसका जिल्लाका ७९ वटा गाविसमध्ये अधिकांश गाविस सर्वसम्मत भएका छन् । अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा युवाहरूको संख्या तुलनात्मकरूपमा यस पटक बढेको छ ।

नेविसंघ र तरुणदलका अधिकांश सदस्यहरू प्रतिनिधि छनोट भएको नेपाली कांग्रेसले जनाएको छ । १७ गते हुने जिल्ला अधिवेशनका लागि जिल्लाभरबाट ८ सयभन्दा बढी प्रतिनिधि छनोट भएका छन् ।
कान्तिपुर दैनिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग