Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कुरिलोले बजार नपाएपछि किसान चिन्तित

Published on 3:46:00 PM //

घनश्याम गौतम
पौष्टिक आहार र औषधीजन्य कुरिलोको व्यवसायीक खेती गरेको किसान कुरिलोले बजार नपाएपछि चिन्तित बनेका छन् ।

जिल्लामा कुरिलोको महत्वको बारेमा प्रचारप्रसार कम हुँदा बजार पाउन नसकेको किसानको चिन्ता छ ।
अर्खले गाविसमा २ वर्ष देखि शुरु गरिएको कुरिलो खेतिले बजार नपाएको हो । दुई वर्ष देखि झण्डै २ रोपनी जग्गामा कुरिलो खेती गर्दै अर्खले–६ टाकुराका पुष्पराज भट्टराईले उत्पादन राम्रो भएपनि बजार अभावमा समस्यामा परेको बताए । शहर बजारमा प्रति किलो २ सय रुपैंयासम्म पर्ने भएपनि तम्घास बजारमा ५०/६० रुपैंया किलो दिंदा समेत विक्रि नभएको बताए । "दिनहुँ डोकोमा बोकेर बिक्रिका लागि तम्घास ल्याउने गरेको छु ।’, भट्टराईले भने , ‘तम्घासका ब्यापारीहरुले अन्य तरकारी भन्दा पनि सस्तो खरिद गर्न खोज्छन् ।’ विक्रिका लागि घर घरै पुग्दा कुरिलोको बारेमा ज्ञान नभएकाले कसैले किन्नै नखोज्ने उनले बताए । भट्टराई बाहेक घमिर गाविसमा रेसुङ्गा मदाने जडीबुटी संकलन केन्द्रका बिरबहादुर कार्की र थानपति गाविसमा भाष्कर ज्ञवाली र इन्द्र ज्ञवालीले पनि कुरिलोको व्यवसायीक खेती गर्दै आएका छन् ।
थानपति गाविसका भाष्कर ज्ञवालीले पनि कुरिलोको प्रचार प्रसार अभावमा बजारपाउन नसकेको बताए । ‘लगाउ“न शुरु गरें ।’, ज्ञवालीले भने, ‘अहिले त्यसै बारीमै खेर गैरहेको छ ।’ जिल्लामा पाल्पाका कृषि विकास कार्यालयका अबकास प्राप्त बरिष्ट कृषि अधिकृत शालिग्राम अधिकारीले किसानलाई कुरिलो खेतिका लागि प्रोत्साहित गराएका थिए । जिल्ला कृषि विकास कार्यालयका बरिष्ट कृषि विकास अधिकृत नरहरीप्रसाद
घिमिरेका अनुसार जिल्लामा पहिलो पटक उत्पादन शुरु भएकाले नया“ बस्तुले बजार र मुल्य पाउन समय लागेको हो । साथै नया“ उत्पादन भएकाले उपभोक्ताले शुरुमै धेरै मुल्य दिन र बिना शंका खान नसक्ने भएकाले यसको बजार पाउन समय लाग्ने कृषि कार्यालयले जनाएको छ । ‘जिल्लामा शुरुमा उत्पादन भएको च्याउ पनि त्यसै फाल्नु परेको थियो ।’ अधिकृत घिमिरले भने, ‘तर अहिले च्याउ खोजी खोजी खान थालिएको छ ।’ जिल्लामा उत्पादन
भएको कुरिलोले बजार पाउन पनि अभैm केही समय कुर्नु पर्ने उनले बताए । कृषि कार्यालयले गत वर्ष तम्घास सहित ६ वटा कृषि सेवा केन्द्र मार्फत कुरिलोको बिउ बितरण गरेको थियो । कार्यालयका अनुसार जिल्ला कुरिलो खेतिका लागि उपयुक्त जिल्ला हो । एक पटक रोपेपछि १०÷१५ वर्षसम्म उत्पादन दिईरने भएकाले पनि यस तर्पm किसानको आर्कषण बढेको छ । जिल्लाका अधिकांश जंगलहरुमा समेत कुरिलो प्रसस्त पाइन्छ । तर जनचेतनाकै कमिका कारण कुरिलो
खेर गैरहेको छ । जिल्ला बन कार्यालयले गत वर्ष देखि जिल्लामा पाईने सबै जडीबुटीहरुको प्रचार प्रसार शुरु गरेपछि कुरिलोको महत्वको जानकारी हुन थालेको छ ।
कृषि प्राविधिकहरुका अनुसार १ सय ग्राम कुरिलोमा २.२ ग्राम क्यालोरी, ३.१ ग्राम पोट्रिन, ३.७ ग्राम कार्बोहाइटेड लगायतका शक्तिवंद्धर्क तत्वहरु पाइन्छ । कुरिलोलाई ताजा सुप, तरकारी र सलादका रुपमा समेत प्रयोग गरीन्छ । अन्य तरकारी र मासुमा भन्दा बढि पौष्ट्रिक तत्व पाइने यस कुरीलो खेती विदेशमा तरकारीको रुमा मात्र नभई औषधि र श्रृङगार सामग्रीकोकच्चा पदार्थका रुपमा समेत उपयोगमा ल्याइने कृषि कार्यालयले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग