Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

टेण्डर विक्रिबाट मात्रै ९० हजार आम्दानी

Published on 5:12:00 AM //

 जिल्ला विकास समितिले जिल्ला प्रवेश सवारी कर संकलनका लागि गरेको टेण्डर आहृवानमा ६२ निवदेन परेका छन् ।
 
जिविसले प्रत्येक वर्ष जिल्ला प्रवेश गर्ने मुख्य सवारी नाका रिडीमा ढाड राखेर सवारी कर संकलन गर्दै आएको छ । वाषिर्क १८ लाख कर संकलनका लागि गरिएको टेण्डरमा यस वर्षसबैभन्दा बढी निवेदन परेका हुन् । निवेदन विक्रिबाट मात्रै जिविसलाई ६२ हजार आम्दानी भएको जिविसका सहलेखापाल प्रेम भण्डारीले बताए ।
र्फम खरिद गर्ने अन्तिम म्याद शुक्रवार सकिएको छ । त्यस्तै तम्घास गाविसले संकलन गर्ने सवारी कर र हाटबजार संकलनका लागि गरेको टेण्डर निवेदनमा पनि ९५ जनाको निवेदन परेको तम्घास गाविसले जनाएको छ । 
तम्घास गाविसले सदरमुकाम प्रवेश गर्ने नाकाहरू देउराली, पश्चिम नाकाको अर्खले र अर्घाखाँची बाट आउने नाकाको तम्घासमै ढाड राखेर सवारी कर लिने गरेको छ । गाविस सचिव झविन्द्रलाल भण्डारीका अनुसार देउराली नाकाको लागि १ लाख ९० हजार, अर्घाखाँची तर्फको ३० हजार, पश्चिम जानेको ८५ हजार र कवाडीका लागि ५० हजार कर संकलनका लागि गरिएको आहृवानमा अहिलेसम्म ९३ र्फमले निवेदन   खरिद गरेका छन् ।  
निवेदन विक्रिबाट गाविसलाई २५ हजार ५ सय आम्दानी भएको छ ।
नयाँभावना दैनिकबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग