Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खानेपानी सम्बन्धी मुद्दा बढे

Published on 4:54:00 PM //

घनश्याम गौतम
स्थानीय स्रोतहरूमा उपभोक्ताले अधिकार खोज्न थालेपछि गुल्मीका दर्जनौ गाविसमा खानेपानीका मुद्धा बढेका छन् । 
खोलानाला दर्ता गर्ने र बिक्रि गर्नेक्रमसंगै उपभोक्ताहरूले पनि खानेपानीका मुहानहरू विवाद गर्न थालेका हुन् । पछिल्लो समयमा यहाँका उपभोक्ताहरू जल उपयोगमा बढी सचेत देखिएका छन् । गाउँ गाउँमा खोलानाला दर्ता देखि खानेपानीका मुहानसम्म उपभोक्ताले अधिकार खोज्न थालेका छन् । पछिल्लो समयमा यहाँका खानेपानी, जिविस र जिल्ला प्रशासन कार्यालयमा खानेपानी, सिंचाई कुलो, मुहान र खोला दर्ताका मुद्धा बढेका छन् । खानेपानी र जिल्ला प्रशासन कार्यालयमा दिनहुँ मुद्धा र छलफल हुने गर्दछन् ।   
बन जंगल मासिने र मुहान सुक्ने क्रम बढ्दै गएपछि पनि खानेपानीको विषयमा विवाद बढ्ने गरेको देखिएको जिल्ला प्रशासनका मुद्धा फाँटका प्रमुख जयश्वर पन्थीले बताए । पछिल्लो समयमा खानेपानीका मुद्धा बढेका छन् ।, पन्थीले भने, खानेपानीका मुहान प्रयोगको अधिकार खोज्न थालेपछि मुद्धा बढ्ने गरेको देखिएको छ । बढ्दो जनसंख्यासंगै खानेपानी व्यवस्थित गर्न नसक्दा पनि विवाद बढ्न थालेको पन्थीले बताए ।
जिल्ला प्रशासनमा यो वर्षखानेपानी सम्बन्धि १० मुद्धा दर्ता भएका छन् । त्यस्तै जिल्ला विकास समितिमा पनि यो वर्षदर्ता भएका ३० खानेपानी मुहान मध्ये ११ निवेदनकमा विवाद भएको छ । वर्षौं देखि उपयोग गर्दै आएको स्रोतमाथि अर्कैले माग गरेपछि विरोध गरेका हौं ।, बर्षौं देखि रेसुङ्गा क्षेत्रको खानेपानी प्रयोग गर्दै आएका पराल्मीका उपभोक्ता मुक्तिनाथ पोखरेलले भने, हामीले उपयोग गरेको स्रोत हामीलाई नपुर्‍याई अरूलाई कसरी दिने ।’ पराल्मीका बासिन्दाले उक्त क्षेत्रको खानेपानी २०३३ सालदेखि उपभोग गर्दै आएको दावी गरेका छन । तम्घासमा खानेपानीको समस्या बढ्दै गएपछि तम्घासको धागिथुमको उपभोक्ता समितिले रेसुङ्गा क्षेत्रको खानेपानी माग गरेको थियो । 
जिल्लाका हरेवा, पराल्मी, सिमिचौर, दुविचौर, धुर्कोट रजस्थल, बस्तु, हाडहाडे, वामीटक्सार, थानपति, म्यालपोखरी लगायतका दर्जनौं गाविसमा खानेपानीको मुहान सम्बन्धि विवाद छ । कतिपय गाविसमा खानेपानीसंगै मुहान, खोला दर्ताको विषयमा पनि विवाद हुने गरेका छन् । खानेपानी सम्बन्धि अधिकाशं मुद्धा राजनीतिक प्रतिशोध, सामाजिक अस्तित्व, सिंचाई र पिउने पानी समस्याका कारण पनि उत्पन्न भएका छन् । 
गाउँमा खानेपानीकै विषयलाई लिएर भएका झगडा र कुटपिटका उदाहरण पनि प्रशस्तै हुने गरेको प्रशासनले जनाएको छ । सिमिचौर गाविसमा भएको खानेपानी विवादकै कारण जिल्ला प्रशासनमा अहिलेपनि एकै परिवारका तिन जनाले र्सार्वजनिक मुद्धा लड्दै छन् । त्यस्तै दुविचौर गाविसमा भएको विवादमा पनि प्रहरी कार्यालयमा कुटपिट मुद्धा दर्ता भएको थियो ।
जिल्ला खानेपानी कार्यालयमा पनि खानेपानीकै विषयलाई लिएर मुद्धा आउने क्रम निकै बढेको छ । गत वर्षको तुलनामा खानेपानी सम्बन्धि मुद्धा यस वर्षपचास प्रतिशतले बढेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका डिभिजन प्रमुख हरिप्रसाद तिमिल्सीनाले बताए ।  कार्यालयमा अहिलेपनि विवादका ५ मुद्धा दर्ता छन् ।
तिमिल्सीनाका अनुसार पछिल्ला वर्षहरूमा खानेपानीका लागि शुरू भएको पम्पिङ्ग प्रणाली, उपभोक्ताहरूमा आएको चेतना, पानीको महत्व, स्थानीयको अधिकार लगायतका विषयमा उपभोक्ताहरू जागरूक बन्दै गएपछि खानेपानीका मुद्धाहरू बढेका छन् । उपभोक्ताले आवश्यकता भन्दा बढी चासो पनि दिन थालेका छन् ।, तिमिल्सीनाले भने, पहिला मुहान भन्दा तल बस्नेहरूले मात्र पानीको प्रयोग बढी गर्ने गरेकामा अहिले मुहान भन्दा माथी बस्नेहरूले पनि अधिकार खोज्न थालेका छन् । त्यस्तै भविश्यका लागि खानेपानीको मुहान संरक्षण गर्ने परम्परा समेत बढेकाले समेत विवाद बढ्ने गरेको उनले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग