Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वन कार्यालयको जीप दुर्घटना

Published on 4:50:00 PM //

पि एम मगर
गुल्मीको सदरमुकाम तमघासको कमेरेपानीमा आईतवार दिउँसो जिल्ला वन कार्यालयको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।

वा १ झ ३६१८ नम्वरको जीप वन कार्यालयको होर्डिङ्ग वोर्डहरु अर्जुन लेकमा लैजाने क्रममा तमघास गाविसको वार्ड नं। ८ कमेरेपानी भन्ने स्थानमा दिउँसो करिव साढे १ वजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी जिल्ला वन कार्यालय गुल्मीमा कार्यालय सहायकको रुपमा कार्यरत वलेटक्सार गाविस वार्ड नं। ४ निवासी ४१ वर्षीय कुलानन्द ज्ञवालीको मृत्युृ भएको छ भने जीप चालक वलिथुम गाविस वार्ड नं। १ का ३९ नेत्रप्रसाद आचार्य गम्भिर घाईते हुनुभएको छ । आचार्यको जिल्ला अस्पताल तमघासमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा स्थित मिसन अस्पतालमा रिफर गरिएको अस्पतालले जनाएको छ । जीप व्याक गरेर राख्ने क्रममा अनियन्त्रीत भई सडकवाट करीव ३ सय मीटर तल खसेको थियो । जीप क्षतविक्षत अवस्थामा घटनास्थलमै रहेको छ । मृतक ज्ञवालीको शवलाई भने जिल्ला अस्पतालमा ल्याईएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग